दर्ता. न‌: २४५/०६५/०६६

बागलुङ जिल्ला स्तरयि १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बरेङलाई ७ पदक, छात्रतर्फको भलिवल प्रतियोगिता भोली हुने ।

भुमा मगर ।०६ माघ २०८० ।बागलुङ नगरपालिका–१ बाङ्गेचौरमा शुक्रबार देखी सुरु भएको १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आज भएको खेल तर्फ बरेङ गाउँपालिकाले ४ काश्य पदक हात पारेको छ ।

प्रतियोगिता अन्तर्गत आज कराते विधातर्फ बरेङ गाउँपालिकाका प्रतियोगी ५५ केजी तौल समूहमा छात्रा बिन्दु थापा र ५२ केजी तौल समुहमा छात्र दिवस गलामीले काश्य पदक प्राप्त छन् भने छात्रा हाईजम्प तर्फ तुलसी बस्नेतले काश्य पदक मिना परियार ८०० मि दौडमा काश्य पदक  सहित बरेङ गाउँपालिकाले ४ पदक हात पारेको छ ।

हिजो भएका प्रतियोगिताहरु तर्फछात्रा तर्फको १०० मिटर दौड प्रतियोगितामा बरेङ गाउँपालिकाका सविता क्षेत्रीले कास्य ,छात्र तर्फका ज्याभलिङ थ्रो प्रतियोगितामा सुमन श्रीस लाई रजत र छात्रा तर्फको लमजम्प प्रतियोगितामा अनुषा पुर्जाले द्वितिय स्थान प्राप्त गरी रजत पदक जितेकि हुन् ।

बरेङ गाउँपालिकाका शिक्षा तथा खेलकूद शाखा प्रमुख सुर्य प्रसाद शर्माका अनुसार बरेङ गाउँपालिकाले अहिले सम्म ७ पदक जितेको छ । छात्र तर्फको भलिवल प्रतियोगिता भोली हुने शर्माले जानकारी दिनुभयो ।nullnullnull

« माघिमेला डान्स आइडलको उपाधि बुटवल डान्स ग्रुप बुटवललाई,पुरुष भलिबलतर्फ पि वाइ सी विसुखर्क प्रथम «

» कालीगण्डकी गाउँपालिका स्तरिय पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, उपाधि देउराली मावि उपल्लोकोरेङलाई »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal