दर्ता. न‌: २४५/०६५/०६६

कालीगण्डकी गाउँपालिका स्तरिय पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, उपाधि देउराली मावि उपल्लोकोरेङलाई

भुमा मगर ।०६ माघ २०८० ।गुल्मिको कालीगण्डकी गाउँपालिकाको पालिका स्तरिय पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा देउराली माध्यमिक विद्यालय कालीगन्डकी –६ उपल्लोकोरेङ विजेता बन्न सफल भएको छ ।

शनिबार गुल्मिको कालीगण्डकि गाउँपालिका वडा नं. ४ स्थित जिवनोद्धार माध्यमिक विद्यालय पुर्तिघातमा सम्पन्न पालिका स्तरिय ५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता –२०८० का विभिन्न प्रतियोगिताहरुमा सहभागी भइ विद्यालयले ११ स्वर्ण ,२ रजत र ३ कास्य पदक प्राप्त गरी उपाधि उचालेको हो ।

विद्यालयका कक्षा १० मा अध्ययनरत छात्र सिजन ढकालले ३ स्वर्ण समेत जितेर कीर्तिमान कायम राख्न समेत सफल भएका छन । उनले १००मि दौड ,४००मि दौड र लङजम्प छात्र तर्फको प्रतियोगितामा स्वर्ण पदक हात पारेका हुन् ।

ट्रीपल जम्प र हाइजम्प छात्र तर्फ सुनिल नेपाली , ट्रीपल जम्प र सट पुट छात्रा तर्फ एलिसा थापा ,ज्याबलिङ थ्रो र सटपुट छात्र तर्फ बिमल नेपाली ,ज्याबलिङ थ्रो छात्रा तर्फ भावना रजाली र रिले दौडछात्र तर्फ सनम थापाको समुह गरी ११ स्वर्ण,भलिबल छात्र र हाइजम्प छात्रा तर्फ २ रजत तथा  १०० मि,२०० मि दौड र लङजम्प छात्रा तर्फ कास्यपदक जितेर प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयका सहायक प्रधानाध्यापक एवम सुचना अधिकारी कविराज ढकालले जानकारी दिनुभयो ।nullnullnullnullnullnull

प्रतियोगितामा आयोजक जिवनोद्धार माध्यमिक विद्यालय कालीगण्डकी–४ पुर्तिघात ६ स्वर्ण,५ रजत र ३ कास्य पदक सहित द्धितिय तथा दुर्गाभवन माध्यमिक विद्यालय छापचौर २ स्वर्ण ६ रजत र ५ कास्य सहित तृतिय बन्न सफल भएको कालीगण्डकी गाउँपालिकाका शिक्षा शाखाका प्रशासन सहायक सुन्दर आलेले जानकारी दिनुभयो ।

अन्य विद्यालयहरु तर्फ भगवति माध्यमिक विद्यालय अर्वेनी २ स्वर्ण, १ रजत र ३ कास्य सहित सान्त्वना बन्यो भने हर्मिचौर माध्यमिक विद्यालय हर्मिचौरले १ स्वर्ण, एक रजत र एक कास्य, देउराली माध्यमिक विद्यालय हर्मिचौरले २ रजत,दभौँखानी माध्यमिक विद्यालय अर्वेनि एक स्वर्ण,एक रजत,शुक्र माध्यमिक विद्यालय लुङखानी २ कास्य तथा जनकल्याण माध्यमिक विद्यालय फोक्सिङले  ४ रजत र ५ कास्य प्राप्त गरेका प्रशासन सहायक आलेले जानकारी दिनुभयो ।

« बागलुङ जिल्ला स्तरयि १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बरेङलाई ७ पदक, छात्रतर्फको भलिवल प्रतियोगिता भोली हुने । «

» राष्ट्रपति रनिङ शिल्डका विजेता विद्यार्थीहरु देउरालीमा पुरस्कृत तथा सम्मानित »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal