दर्ता. न‌: २४५/०६५/०६६

राष्ट्रपति रनिङ शिल्डका विजेता विद्यार्थीहरु देउरालीमा पुरस्कृत तथा सम्मानित

भुमा मगर ।०७ माघ २०८० ।देउराली माध्यमिक विद्यालय कालीगन्डकी –६ उपल्लोकोरेङले विजय उत्सव तथा खेलाडि अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ ।

गुल्मिको कालीगण्डकी गाउँपालिका स्तरिय पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजेता बनेको विद्यालयले आज आइतबार प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई सम्मान गर्दै विजय उत्सव मनाएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तारा थापाले विद्यालयमा आफुले कक्षा ५ सम्म पढेको विद्यालय पनि रहेको र विद्यालयले शनिबार सम्पन्न पालिका स्तरिय पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजेता हुँदा आफु अति नै खुशी भएको बताउनुभयो ।उहाँले आगामी दिनमा विद्यालयका लागी सवै किसिमका सहयोग गर्ने  प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

शनिबार गुल्मिको कालीगण्डकि गाउँपालिका वडा नं. ४ स्थित जिवनोद्धार माध्यमिक विद्यालय पुर्तिघातमा सम्पन्न पालिका स्तरिय ५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता –२०८० का विभिन्न प्रतियोगिताहरुमा सहभागी भइ विद्यालयले ११ स्वर्ण ,२ रजत र ३ कास्य पदक प्राप्त गरी उपाधि जितेको थियो ।

विद्यालयले विजेता विद्यार्थीहरुलाई नगद सहित सम्मान गरी विजय उत्सव परिक्रमा  गरीएको विद्यालयका सहायक प्रधानाध्यापक एवम सुचना अधिकारी कविराज ढकालले जानकारी

 दिनुभयो ।

null

null

null

null

कार्यक्रमका विच शैक्षिक सत्र २०७९ को एसइइमा ए ग्रेड ल्याउने विद्यार्थीहरु माधव ढकाल,आयान थापा,सुजन ढकाल र जर्मन थापालाई समेत पुरस्कृत तथा सम्मानित गरिएको थियो ।

कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य तारा थापाको प्रमुख आतिथ्यता, राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य रामकुमार क्षेत्रीको आतिथ्यता विद्यायल व्यवस्थापन समितिका अध्यक्ष सुवेदार रेशम बहादुर थापाको अध्यक्षता सहायक प्रधानाध्यापक कविराज ढकालको स्वागत तथा शिक्षकहरु विनोद ढकाल,भुमिश्वर ढकाल र प्रविन ढकालको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तारा थापा,राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य रामकुमार क्षेत्री ,विद्यालय व्यवस्थापन समितिका सदस्यहरु शिक्षक अभिभावक संघका पदावधिकारी लगायतको उपस्थिति रहेको थियो ।

« कालीगण्डकी गाउँपालिका स्तरिय पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, उपाधि देउराली मावि उपल्लोकोरेङलाई «

» बागलुङ जिल्ला स्तरयि १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बागलुङ नगरलाई, छात्र भलिवलतर्फ बरेङ प्रथम »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal