दर्ता. न‌: २४५/०६५/०६६

बागलुङ जिल्ला स्तरयि १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बागलुङ नगरलाई, छात्र भलिवलतर्फ बरेङ प्रथम

भुमा मगर ।०७ माघ २०८० ।१२ औँ बागलुङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबार सम्पन्न भएको छ । 

आज भएको छात्र भलिवल प्रतियोगिता बरेङले जितेको छ ।

यो संगै बरेङले १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १ स्वर्ण,२ रजत र ५ कास्य पदक जितेको छ ।

राष्ट्रपति रनिङ शिल्डका विभिन्न प्रतियोगिताहरुमा सहभागी हुदै बरेङले ८ पदक आफ्नो पक्षमा पारेको बरेङ गाउँपालिकाका शिक्षा तथा खेलकूद शाखा प्रमुख सुर्य प्रसाद शर्माले जानकारी दिनुभयो । 

null

null

१२ औैँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड भने बागलुङ नगरपालिकाले जित्न सफल भएको छ ।

बागलुङ नगरपालिकाले २७ स्वर्ण, १९ रजत र १६ काश्य सहित कुल ६२ पदक जित्दै राष्ट्रपति रनिङ शिल्ड हात पार्न सफल भएको हो ।

बडिगाड गाउँपालिकाले ३८ पदक हात पारेको छ ।बडिगाड गाउँपालिकाले ११ स्वर्ण, १४ रजत र १३ काश्य गरि ३८ पदक जित हात पारेको छ ।

काठेखोला गाउँपालिकाले २० पदक जितेको छ । ५ स्वर्ण, ६ रजत र ९ काश्य गरि २० पदक जितेको हो ।

निसीखोला गाउँपालिकाले ४ स्वर्ण, १० रजत र ४ काश्य सहित १८ पदक जितेको छ ।

जैमिनी नगरपालिकाले ४ स्वर्ण, ५ रजत र ४ काश्य गरि १३ पदक जितेको छ । गलकोट नगरपालिकाले ३ स्वर्ण, ६ रजत र ८ काश्य सहित १७ पदक जितेको छ ।

ढोरपाटन नगरपालिकाले ६ स्वर्ण, १ रजत र ५ काश्य सहित १२ पदक जितेको छ । ताराखोला गाउँपालिकाले ३ स्वर्ण, ८ रजत र १ काश्य सहित १२ पदक जितेको छ । 

सबैभन्दा कम पदक जित्ने तमानखोलाले एक काश्य पदक मात्र जित्न सफल भएको छ । 

« राष्ट्रपति रनिङ शिल्डका विजेता विद्यार्थीहरु देउरालीमा पुरस्कृत तथा सम्मानित «

» विद्यार्थीको वास्तविक स्थिति पहिचान गर्न बरेङका ३३ विद्यालयहरुमा निदानात्मक परीक्षा सञ्चालन हुने »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal