दर्ता. न‌: २४५/०६५/०६६

विद्यार्थीको वास्तविक स्थिति पहिचान गर्न बरेङका ३३ विद्यालयहरुमा निदानात्मक परीक्षा सञ्चालन हुने

भुमा मगर ।

०८ माघ २०८० ।बागलुङको बरेङ गाउँपालिकाले यहि माघ १० र ११ गते गाउँपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा परिक्षा लिने भएको छ ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले विद्यालयहरूमा सिकाइ आपुरण गर्न क्षति पहिचान गर्नुपर्ने भएकाले कक्षा ३ देखी ८ सम्मको निदानात्मक परीक्षा सञ्चालन गरिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत एवम शिक्षा शाखा प्रमुख सुर्य प्रसाद शर्माले जानकारी दिनुभयो ।

परीक्षा माघ १० गते कक्षा ३ देखी ८ सम्मको गणित विषय विहान ११ बजे देखी १२ बजे सम्म र कक्षा ६,७ र ८ को नेपाली विषय पनि सोहि दिन दिउँसो २ बजे देखी ३ बजेसम्म हुने छ भने माघ ११ गते विहान ११ बजे देखी १२ बजे सम्म, कक्षा ३,४ र ५को नेपाली विषय तथा कक्षा ६,७ र ८ को विज्ञान विषयमा परिक्षा हुनेछ । सोहि दिन दिउँसो २ बजे देखी ३ बजेसम्म कक्षा ६,७ र ८ को अङ्ग्रेजी विषयसमेतको परिक्षा हुनेछ ।

परिक्षाका लागी प्रश्नपत्र गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले गाउँपालिकाका ३३ वटै विद्यालयहरुमा वितरण गरिसकेको जनाएको छ ।

निमित्त प्रमुख प्रशासकिय अधिकृत एवम शिक्षा शाखा प्रमुख सुर्य प्रसाद शर्माले यो परीक्षा उत्तीर्ण र अनुत्तीर्ण हुने नभइ विद्यार्थीको वास्तविक स्थिति पहिचान गरि कमजोर विद्यार्थीलाई थप शिक्षण गरि सिकाइ उपलब्धि वृद्धि  गर्नका लागि भएकोले विद्यार्थीलाई ढुक्क भएर आफ्नो क्षमता जे छ सोहि प्रदर्शन गर्नको लागि समेत अनुरोध गर्नुभएको छ ।

परिक्षार्थीहरुले सम्वन्धित विद्यालय बाटै परिक्षा दिन पाउनेछन् । परिक्षा सम्पन्न भइसकेपछि सम्बन्धित विद्यालयका विषय शिक्षकद्धारा कापि परिक्षण गरी एकिकृत शैक्षिक व्यवस्थापन सुचना प्रणाली (इमिस) अनलाइन प्रणालीमा प्रविष्ट गरिने गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

शाखाले परीक्षा तथा परिक्षण सम्बन्धि अन्यौल भएमा सिकाइ क्षति अनुपुरणका लागी न्युनतम र निदानात्मक परिक्षण साधन सम्बन्धि गाइडलाइन हेर्न र सम्पुर्ण विद्यालयहरुले परिक्षाको नतिजा इमिसमा आगामी माघ १८ गते सम्म प्रविष्ट गरिसक्न भनेको छ ।

« बागलुङ जिल्ला स्तरयि १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बागलुङ नगरलाई, छात्र भलिवलतर्फ बरेङ प्रथम «

» नेकपा एमाले कालिगण्डकी गाउँकमिटी, गुल्मीद्धारा विभिन्न मागहरु राख्दै गाउँपालिकालाई ९ बुदे ज्ञापन पत्र »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal