दर्ता. न‌: २४५/०६५/०६६

नेकपा एमाले कालिगण्डकी गाउँकमिटी, गुल्मीद्धारा विभिन्न मागहरु राख्दै गाउँपालिकालाई ९ बुदे ज्ञापन पत्र

भुमा मगर ।१६ माघ २०८० ।नेपाल कम्युनिष्ट पार्टी एमाले कालिगण्डकी गाउँकमिटी, गुल्मीले गाँउपालिकाबाट गरिने कार्यसम्पादनका सम्बन्धमा पाटीको गम्भीर ध्यानार्षण भएको भन्दै ९ बुदे ज्ञापन पत्र बुझाएको छ।

नेकपा एमाले कालिगण्डकी गाँउकमिटिका अध्यक्ष रामजि प्रसाद ढकाल लगाएतका नेता कार्यकर्ताको टोलीले सोमबार कालिगण्डकी गाँउपालिकाका अध्यक्ष बेदबहादुर थापालाई विभिन्न मागहरु राख्दै ज्ञापन पत्र बुझाएको हो । 

ज्ञापन पत्रमा कालिगण्डकी गाउँपालिकाको हावापानी र भुगोल सुहउँदो उत्पादन गर्न कृषि बस्तुको सूचि निर्धारण, उत्पादित बस्तुको मुल्य कायम र संकलन केन्द्र व्यवस्थापन गरी कृषि एम्बुलेन्स सञ्चालनमा ल्यायी उत्पादित कृषि वस्तुहरुलाई बजारसम्म पुराउने व्यवस्था गर्न , उत्पादनका आधारमा अनुदानको व्यवस्था गरी कृषक प्रोत्साहन गर्न माग गरिएको छ । 

विकास निर्माण भौतिक पूर्वाधार तथा योजना छनौट गर्दा उपभोक्ताको माग आधारमा सिमान्तकृत गरीव तथा असहाय समूदायलाई प्राथमिकीकरण गरी कार्यान्वयन गर्न , यस स्थानीय सरकारबाट छनौट गरिने योजनाहरु टुक्रे र वितरणमुखी रहेकोले सकारात्मक परिणाम आउन नसकेको उल्लेख गर्दै आसेपासे र शक्तिशालीहरुको प्रभावमा गरिएका योजनाहरुले विपन्न तथा सीमान्तीकृत क्षेत्रहरु विकासको अवसरबाट बन्चित भएको जनाइएको छ । योजनाको कार्यान्वयन फितलो, ढिलासुस्ती र अपारदर्शी, भएका कारण गुणस्तरहीन भएकोमा विकासका योजनालाई व्यापक जनसहभागितामा न्यायमूलक ढंगले परिणाममुखी योजना छनौट गर्न, पारदर्शी र गुणस्तरीय ढंगले कार्यान्वयन गर्नका लागि जोडदार माग गर्दछौँ ज्ञापनपत्रमा उल्लेख छ । 

त्यस्तै अधिकांश योजनाहर डोजरे विकासमा आधारित रहेकाले विकासका नाममा विनाअर्थका तालिम, गोष्ठी र सेमिनार गरेर पैसा सक्ने काम भएको, योजनाको फरफारक निकटता र अनुचित लाभका आधारमा गरिने गुनासो व्यापक रहेको भन्दै सबै खालका सेवा लिन कार्यालय जनप्रतिनिधि तथा कर्मचारी कहाँ धाउनु पर्ने परम्परा तत्काल अन्त्य हुनु पर्ने बताईएको छ । 

“स्थानीय तहमा कर्मचारी शिक्षकको भर्ना, परिचालन र बर्खास्तीमा भएको पक्षपात अविलम्ब बन्द गर्नका लागि जोडदार माग गर्दछौ।”ज्ञापन पत्रमा भनिएको छ ।null

« विद्यार्थीको वास्तविक स्थिति पहिचान गर्न बरेङका ३३ विद्यालयहरुमा निदानात्मक परीक्षा सञ्चालन हुने «

» सी एण्ड सी स्वास्थ्य सेवा प्रा.ली. र प्रभु बैंक शान्तिपुर शाखा गुल्मी विच सम्झौता, ल्याब परीक्षण,यु.एस.जी र एक्सरे तथा ई.सी.जी.मा १० प्रतिशत छुट »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal