बरेङका ३ वडामा एकिकृत स्वास्थ्य परिक्षण शिविर ः भिडियो एक्सरे देखि मुटुको परीक्षण गर्न सकिने
दिपेन्द्र परियार ।१६ माघ २०८०।बरेङका ३ वडामा एकिकृत स्वास्थ्य परिक्षण शिविर सञ्चालन हुने भएको छ ।
बरेङ गाँउपालिकाको वडा न ३ बाटाकाचौर, वडा न ४ सल्यान र वडा न ५ सुखौरामा गर्भवती महिलाहरुको लागी भिडियो एक्सरे,रक्तअल्पता,सुजन तथा संक्रमण,खकार परिक्षण हुने भएको हो ।
सुखौराको सुखौरा स्वास्थ्य चौकीमा यहि माघ १८ गते,सल्यान स्वास्थ्य चौकीमा १९ गते,थप्लुङ सामुदायिक स्वास्थ्य ईकाईमा २२ गते,बाटाकाचौर स्वास्थ्य चौकी र खाल्ले गाँउघर क्लिनिकमा २३ गते,शिविर सञ्चालन हुने बरेङ गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरिक्षक पदम बहादुर पुनले बताउनु भयो ।
शिविरमा पेट सम्बन्धी ,अल्सरजाँच,मृगौलाको कार्य जाँच,मुटु तथा रक्तनलिको जाँच,कलेजोको जाँच तथा लामो समयदेखी हात गोडा दुख्ने सुन्निने समस्या लगायतको परिक्षण साथै हिृदयघात हुने सम्भावना परीक्षण,अत्यधिक मोटोपना भएका ब्यक्तीहरुको बोसोको मात्राको परिक्षण हुने पुनको भनाई छ ।
» शहीदहरुको सम्मानमा सर्बोदय माबिले सहिद दिवस बिभिन्न कार्यक्रम गरि मनायो »