शहीदहरुको सम्मानमा सर्बोदय माबिले सहिद दिवस बिभिन्न कार्यक्रम गरि मनायो
दिपेन्द्र परियार १६ माघ २०८०।
देश र जनताको स्वतन्त्रता र अधिकारका लागि ज्यानको आहुति दिने शहीदहरुको सम्मानमा बरेङको सर्बोदय मा.बि.ले सहिद दिवस बिभिन्न कार्यक्रम गरि मनाएको छ ।
साताव्यापी मनाइएको शहीद सप्ताहको मुख्य दिन मंगलबार बागलुङको बरेङ बजार स्थित सर्बोदय माध्यमिक बिद्यालयले ¥यालि सहित विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाईएको हो ।
शहीद दिवसको दिन विद्यालयका शिक्षक बिद्यार्थिको ¥यालिले बरेङ बजार परिक्रमा पश्चात विद्यालयमा पुगेर ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियोे । सोहि अबसरमा कक्षा ६ देखि १० सम्म हाजिरि जवाफ प्रतियोगिता कक्षा ४ र ५ मा कुर्चि दौड प्रतियोगिता, कक्षा १ देखि ३ सम्मलाई तातो आलु, प्रतियोगिता सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक चित्र थापाले बताउनु भयो । प्रतियोगितामा बिजेता विद्यार्थीहरुलाई पुरस्कृत गरिएको प्रधानाध्यापक थापाको भनाई छ ।
« बरेङका ३ वडामा एकिकृत स्वास्थ्य परिक्षण शिविर ः भिडियो एक्सरे देखि मुटुको परीक्षण गर्न सकिने «
» पोषणमा सुधार गर्न पोषण सम्वद्ध सरोकारवाला सँग पोषण पैरवी तथा अन्तरक्रिया कार्यक्रम »