दर्ता. न‌: २४५/०६५/०६६

पोषणमा सुधार गर्न पोषण सम्वद्ध सरोकारवाला सँग पोषण पैरवी तथा अन्तरक्रिया कार्यक्रम

दिपेन्द्र परियार ।१७ माघ २०८० ।बरेङका महिला बालबालिका,किशोर किशोरीहरुको पोषणमा सुधार गर्न पोषण सम्वद्ध सरोकारवाला सँग पोषण पैरवी तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

महिला बालबालिका,किशोरीहरुको पोषण अवस्थामा सुधार र बहुक्षेत्रीय अभ्यासलाई संस्थागत गर्दै स्थानिय तहको निति योजना कार्यक्रम र सेवा प्रवाहमा सुधार गरि पोषण मैत्री स्थानिय सासन पद्धतिको अवलम्वन गर्ने तर्फ सबैलाई अग्रसर बनाउने उद्देश्यका साथ बुधबार बरेङको सुदालामा सरोकार वालाहरुसँग पैरवी तथा अन्तरक्रिया गरिएको हो ।

कार्यक्रमलाई सहजिकरण गर्दै जिल्ला स्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य निरिक्षक लक्ष्मी शर्माले कृषिजन्य उपजहरु उत्पादन गर्दा अपनाईएका विधिहरु, माटो र पोषणबारे अन्तर सम्वन्ध, विषादि रहित खाद्य तथा पोषण, रैथाने खानाहरु, स्वस्थकर खानपान, कुपोषणको चक्र,  मातृ तथा नवजात शिशुको पोषणबारे जानकारी गराउनुभएको थियो । 

नागरिकको स्वास्थ्य राम्रो हुनकालागी उत्पादन हुने माटो पोषिलो हुन जरुरी रहेको बताउदै शर्माले आधुनिक प्रविधिको नाममा जथाभावि रासायनिक मल र विषादिको प्रयोगले माटोको जैविक विविधतामा क्षति पुग्नुका साथै पानिको अभाव हुदाँ उत्पादनमा ह्रास आएर मानव स्वास्थ्यमा नकारात्मक असर पुगिरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा पुरुषोद्धय मा.वि.का विद्यार्थी, कृषि बिउबिजन तथा विषादी व्यवसायी ,जनप्रतिनिधि,कर्मचारीहरुले विविध विषयमा जिज्ञासा राख्नुका साथै अगुवा कृषक सन्त बहादुर श्रीसले विषादिको प्रयोग तथा कृषिजन्य वस्तुहरुको उत्पादन तथा बजारीकरण सम्बन्धमा अनुभव राख्नुभएको थियो ।

राम्रो पोषण पाएका बालबालिकाहरू राम्ररी सिक्न र हुर्कन सक्छन्, भन्दै बरेङ गाँउपालिकाका जनस्वास्थ्य निरिक्षक पदम बहादुर पुनले स्वास्थ्य राम्रो भएका व्यक्तिले मात्रै समुदायमा सहभागी हुन र योगदान दिन, तथा रोग, विपत्ति र अन्य विश्वव्यापी संकटहरूसंग लड्न सक्ने बताउनुभयो ।त्यसका लागी सरोकारवालाहरु सबैको हातेमालो आवश्यक हुनेमा जोडदिनुभयो ।

सोहि अवसरमा बोल्दै बरेङ गाँउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुर्य प्रसाद शर्माले पोषणमा गरिने लगानीले बालबालिकाहरू, उनीहरूका परिवार र समग्र समुदायलाई नै दीर्घकालीन प्रभाव पार्ने बताउनु भयो ।

कार्यक्रमको समापन गर्दै बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बरेङ गाँउपालिका पोषण अवस्थामा सुधार र बहुक्षेत्रीय अभ्यासलाई सस्थागत गर्दै स्थानिय तहको निति योजना कार्यक्रम र सेवा प्रवाहमा सुधार गरि पोषण मैत्री स्थानिय शासन पद्धति अबलम्वन तर्फ अग्रसर रहेको बताउदै नागरिकले स्थानिय स्तरमा उत्पादित रैथाने बाली र खाद्यान्नको उत्पादन तथा प्रयोग गर्न सकेमा पोषणमा उल्लेख्य सुधार हुन सक्ने बताउनु भयो । त्यसका लागी उत्पादन देखि भण्डार,भान्सा हुदै खाने पानी पनि सफा,स्वच्छ हुन जरुरी हुने शर्माको भनाई छ ।

शिक्षक,विद्यार्थी,कृषि उपज तथा विषादी व्यवसायी कृषक, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रम बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता,बरेङ गाँउपालिका सामाजिक विकास समितिका संयोजक तथा प्रवक्ता तुफान पुनको स्वागत र बरेङ गाँउपालिकाका जनस्वास्थ्य निरिक्षक पदम बहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

« शहीदहरुको सम्मानमा सर्बोदय माबिले सहिद दिवस बिभिन्न कार्यक्रम गरि मनायो «

» लघुउद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत पैंयुथन्थापमा अभिमुखिकरण कार्यक्रम सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal