दर्ता. न‌: २४५/०६५/०६६

लघुउद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत पैंयुथन्थापमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

भुमा मगर ।

२१ माघ २०८० ।गरिबि निवारणका लागी लघुउद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत पैंयुथन्थापमा एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

बागलुङको जैमिनि नगरपालिकाको लघुउद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत सहभागितात्मक मुलक ग्रामिण लेखाजोखा कार्यक्रम वडा नं. ९ पैंयुथन्थाप स्थित वडा कार्यालयमा आइतबार सम्पन्न भएको हो ।

तालिमबारे सहजिकरण गर्दै वडा नं. ९ का वडाध्यक्ष सन्दिप थापाले सहभागी सबैलाई तालिम सिकेर आत्मनिर्भर बन्न सुझाव दिनुभयो ।

कार्यक्रम वडा नं. ९ का वडाध्यक्ष सन्दिप थापाको अध्यक्षता,वडा सचिव डिल बहादुर थापाको स्वागत र  जैमिनि नगरपालिकाका लघुउद्यम विकास सहजकर्ता मन बहादुर रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा वडाध्यक्ष सन्दिप थापा र नगरपािलकाका लघुउद्यम विकास सहजकर्ता मन बहादुर रानाले सहजिकरण गर्नुभएको थियो । 

तालिममा ६६ जनाको सहभागिता रहेको जैमिनि नगरपालिकाका लघुउद्यम विकास सहजकर्ता मन बहादुर रानाले जानकारी दिनुभयो ।

« पोषणमा सुधार गर्न पोषण सम्वद्ध सरोकारवाला सँग पोषण पैरवी तथा अन्तरक्रिया कार्यक्रम «

» बरेङको सिक्दीमा अचार बनाउने तालिम सम्पन्न,अतिथिलाई अचार उपाहार »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal