बरेङको सिक्दीमा अचार बनाउने तालिम सम्पन्न,अतिथिलाई अचार उपाहार
भुमा मगर ।
२४ माघ २०८० ।बरेङको सिग्दी मा अचार बनाउने तालिम सम्पन्न भएको छ ।
गरिबी निवारणका लागी लघुउद्यम विकास कार्यक्रम अन्तर्गत बरेङ गाउँपालिकाको आयोजनामा एक हप्ते अचार बनाउने तालिम मङ्गलबार सम्पन्न भएको हो ।
बरेङ गाउँपालिकाको वडा नं. २सिग्दीको सिग्दी होमस्टेमा भएको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बरेङ गाउँपालिकाका अध्ययक्ष कृष्ण प्रसाद शर्माले उत्पादन हुने अचारको बजारिकरणमा गाउँपालिकाले सहजिकरण गरिदिने बताउनुभयो ।साथै उँहाले अचार उत्पादनलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिनुभयो ।
पालिका अध्यक्ष शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा गाउँपालिकाका आन्तरिक लेखा परिक्षक मोहन घर्ति क्षेत्री, एम आइ एस अपरेटर राजन चालिसे,प्रशिक्षक लिना श्रीस, मन बहादुर पुनको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रशिक्षक पुनले अचार बनाउने तालिममा सिकेको सिपलाई उत्पादन संग जोड्दै आत्मनिर्भर बन्न आग्रह गर्नुभयो । कार्यक्रममा आन्तरिक लेखा परिक्षक मोहन घर्ति क्षेत्रीले आफ्नो मन्तव्य राख्नुभएको थियो ।
समापन कार्यक्रममा प्रमाण पत्र वितरण तथा प्रशिक्षकलाई सम्मान गरिएको थियो । भने सहभागीले अतिथिलाई उत्पादित अचार उपाहार दिएका थिए ।
सिक्दी होमस्टेका अध्यक्ष हिरा बहादुर पुनको अध्यक्षता रहेको कार्यक्रम सहभागी हिमाली पुनको स्वागत र बरेङ गाउँपालिकाका लघुउद्यम विकास सहजकर्ता सुरेन्द्र बहादुर रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रम यहि माघ १७ गतेदेखी २३ गते सम्म सञ्चालन भएको थियो । तालिममा १५ जना सहभागी थिए ।
« लघुउद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत पैंयुथन्थापमा अभिमुखिकरण कार्यक्रम सम्पन्न «