दर्ता. न‌: २४५/०६५/०६६

वैदेशीक रोजगारको क्रममा दुर्घटनामा परेका बरेङका दुर्ग बहादुर नेपालीको उपचारार्थ बरेङ बजारमा सहयोग रकम संकलन,सहयोग गर्न परिवारको आग्रह

भुमा मगर ।

२७ माघ २०८० ।वैदेशीक रोजगारीको क्रममा साउदी अरवमा दुर्घटनामा परेका र्दुग बहादुर नेपाली (केशव)को उपचारार्थ सहयोग रकम संकलन गरिएको छ ।

वैदेशीक रोजगारीका शिलशिलामा साउदी अरव रहेका बागलुङको बरेङ गाउँपालिका–२ हुग्दिशीर भेँडाखर्कका र्दुग बहादुर नेपाली (केशव)को उपचारार्थ आज शनिबार बरेङ बजारमा आर्थिक सहयोग संकलन गरि हस्तान्तरण गरिएको छ । 

बरेङ गाउँकार्यपालिका सदस्य काशीराम विकको पहलमा नेपालीको उपचारार्थ सहयोग संकलनका क्रममा बरेङ बजारमा उठेको  रु.१९ हजार ९ सय १० रकम निजका भाइ ओम बहादुर नेपाली र मामा तुल बहादुर परियारको उपस्थितिमा हस्तान्तरण गरिएको हो।

रोजगारीको शिलशिलामा साउदी अरेवियामा रहनुभएका नेपालीको डिसेम्बर १० अर्थात् मङ्सिर २४ गतेका दिन ड्युटि गर्ने क्रममा फोरक्लिप गाडी दुर्घटनामा परी देब्रे खुट्टा  र ढाड चल्न नसक्ने अवस्थामा रहेको र उपचारका लागी परिवारको आर्थिक स्थिति कमजोर भएको हुदा सहयोग गरिदिन परिवारले अपिल गरेको छ ।

निजलाई हाल विदेशबाट नेपाल ल्याइसकिएको र काठमाडौँको ग्रान्डि अस्पतालमा उपचार भइरहेको भाई ओम बहादुर नेपाली (मिमलाल)ले जानकारी दिनुभयो । साथै उँहाले आफ्नो दाइको उपचारका लागी सहयोग गरिदिन आग्रह गर्नुभयो । 

सहयोग गर्न चाहनेले भाइ ओम बहादुर नेपालीको प्रभु बैंक खाता नं. १४४०१६३८६०२०००१८ मा  र निज दुर्ग बहादुुर नेपालीको गरिमा विकास बैंकमा रहको खाता नं.०४३०१०००६७३१०२०००००१ मा पैसा जम्मा गरि सहयोग गरिदिनुहुन परिवारले अपिल गरेको छ । null

« बरेङको सिक्दीमा अचार बनाउने तालिम सम्पन्न,अतिथिलाई अचार उपाहार «

» व्यावसायिक सचेतना तथा लैङ्गिक समावेशीकरणका लागी पैंयुथन्थापमा उद्यमशीलता विकास तालिम शुरु »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal