राजमो गलकोटको भैली बाट १६ लाख बढी संकलन, सम्मेलनलाई खर्च ।
रेडियो बिहानी संबाददाता, गल्कोट । २८ कार्तिक २०७५ । राष्ट्रिय जनमोर्चाले तिहारको अवसरमा देशै भर देउसी भैलो संचालन गरेको छ । राष्ट्रिय जनमोर्चा बाग्लुङले आफ्नो छैटौं जिल्ला सम्मेलनमा सहयोग पुग्ने अपेक्षा सहित संचालन गरिएको देउसी भैलो गलकोट नगर पालिकाका भिभिन्न स्थानमा भैलो खेलि सकिएको राष्ट्रिय जनमोर्चा गलकोटले जनाएको छ ।
द्येउसी भैलोको शिलशिलामा गलकोट नगर क्षेत्रका पचुवा, गल्याङ, काँडेवास, बिरकोट, बिसाउन, बाँसखोला, आँगाखेत, टिमुरबोट, छिस, दरवार, रिस्मी गरि ११ स्पोर्ट्समा तीन लाखा सत्तरी हजार ३,७०,००० रकम उठेको छ, त्यसैगरी हटिया बजारमा २ लाखा ५० हजार उठेको छ भने हरिचौरमा २ लाख १० हजार रकम उठेको उक्त भैली टिमका ब्यवस्थापक संजाल शर्माले बताए । भैली अभियानकै क्रममा गलकोट नगरपालिका वडा न. १ दुधिलाभाटिमा ७ लाख ६ हजार ६ सय ११ उठाएको सागर कुवरले बताए भने गलकोटको रिघामा भैली अभियानले १ लाख ४० हजार उठाएको कृष्ण पुनले बताएका छन् ।
यसरि कार्तिक २१ गते बाट सुरु भएको उक्त भैली चौथो दिन कार्तिक २८ गतेसम्म संचालन भएको भैलोमा गलकोट नगरपालिका भर कुल १६ लाख ७७ हजार ९ रुपैया जम्मा भएको संजाल शर्माले जानाकारी दिए ।
देउसि भैलो लाई समापन मन्तव्य व्यक्त गर्दै राष्ट्रिय जनमोर्चा का जिल्ला उपाध्यक्ष बेदिलाल सापकोटाले “ भैली कार्यक्रममा सहयोग गर्नु हुने सम्पुर्ण अभिभावक, सहयोग दाता, कलाकार र अभियानमा खट्ने सबैलाई धन्यवाद दिए । साथै सबै संकलित रकम आगामी मंसिर २१ र २२ गते गलकोटको हटियामा हुन गाईरहेको जिल्ला सम्मेलन सफल पार्नको लागि खर्च गरिने सापकोटाले बताए । उनले राष्ट्रिय जनमार्चाेको सम्मेलन सफल पार्न सबैलाई आवह्वन समेत गरे ।
राष्ट्रिय जनमोर्चाको जिल्ला सम्मेलन उद्घाटन गर्न राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के सी आउने बताईएको छ । भैली अभियानमा राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बेदिलाल सापकोटा, युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन बन, अखिल छैठौका सल्लाहकार भिमलाल पोखरेल, युवक संघका गण्डकी प्रदेस सचीव संजाल शर्मा, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य पदम श्रेष्ठ, नेत्र बुढाथोकी, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष टंक के. सी , नगर उपाध्यक्ष अमर खत्री, सचिब लाल बहादुर थापा, शिशक संघकी सनमयाया ढकाल, अखिल छैठौंका सागर कुवर लगाएत को उपस्थित सहित रक्तिम साँस्कृतिक अभियानका कलाकारको सथमा राजमो गलकोटले देउसी भैली कार्यक्रम संचालन गरेको थियो ।