दर्ता. न‌: २४५/०६५/०६६

व्यावसायिक सचेतना तथा लैङ्गिक समावेशीकरणका लागी पैंयुथन्थापमा उद्यमशीलता विकास तालिम शुरु

भुमा मगर ।

२७ माघ २०८० ।गरिबि निवारणका लागी लघुउद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत पैंयुथन्थापमा उद्यमशीलता विकास तालिम आज देखी शुरु भएको छ ।

बागलुङको जैमिनि नगरपालिकाको लघुउद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत जैमिनि नगरपािलकाको वडा नं. ९ पैयुँथन्थापमा व्यावसायिक सचेतना तथा व्यावसायिक सुरु र लैङ्गिक समावेशीकरणका लागी उद्यमशीलता विकास तालिमको आज उद्घाटन गरिएको हो ।

प्रमुख अतिथि जैमिनि नगरपालिकाका नगर कार्यपालिका सदस्य लाल बहादुर परियारले तालिमको उद्घाटन गर्दै व्यवसाय गर्दा हुने फाइदा बेफाइदाहरु बारे जानकारी दिदै व्यवसाय गरेर आत्मनिर्भर बन्नु पर्ने कुरामा जोड दिनुभयो ।

अतिथि जैमिनि नगरपालिकाका न्यायिक समितिका सदस्य एवम वडा नं. ९ का जनप्रतिनिधि मिना परियार, जनता माध्यमिक विद्यालय पैंयुका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद शर्मा,प्रधानाध्यापक निम कुमारी सुवेदीको आतिथ्यता रहेको थियो

कार्यक्रम वडा नं. ९ का वडाध्यक्ष सन्दिप थापाको अध्यक्षता, जनता माध्यमिक विद्यालय पैंयुका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद शर्माको स्वागत र जैमिनि नगरपालिकाका लघुउद्यम विकास सहजकर्ता मन बहादुर रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नगरका न्यायिक समितिकि सदस्य एवम वडा नं. ९ कि जनप्रतिनिधि मिना परियार र जनता माविकि प्रधानाध्यापक निम कुमारी सुवेदीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

तालिमको आज पहिलो दिन ४८ जनाको सहभागिता रहेको थियो ।nullnull

« वैदेशीक रोजगारको क्रममा दुर्घटनामा परेका बरेङका दुर्ग बहादुर नेपालीको उपचारार्थ बरेङ बजारमा सहयोग रकम संकलन,सहयोग गर्न परिवारको आग्रह «

» ढोरपाटनबाट युवा हरुको उद्धघोष ः सरकारले कार्यशैली नसुधारे शसक्त आन्दोलनमा जाने »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal