दर्ता. न‌: २४५/०६५/०६६

युनिटी क्लबको दोस्रो बार्षिकोत्सव तथा स्व. हिरालाल र स्व. श्यामलाल गिरी स्मृती कपको उद्घाटन

सुन्दर श्रेष्ठ ०३ फाल्गुन २०८० । युनिटी क्लबको दोस्रो बार्षिकोत्सव तथा स्व. हिरालाल र स्व. श्यामलाल गिरी स्मृती कपको उद्घाटन सत्र सम्पन्न भएको छ। 

 बरेङ गाँउपालिका वडा न २ हुग्दिसिर घट्ट स्थित कलवको बार्षिकोत्सव उद्धघाटन समारोहमा बरेङ गाँउपालिका वडा न २ का वडाध्यक्ष  हिरा बहादुर घर्तीको प्रमूख आतित्थ्यता तथा क्लबका संरक्षक अभिभावकहरु गोविन्द बर्मा, जयराम शर्मा, भिम बहादुर बर्मा, अर्जुन कार्की, प्रेम गिरीको विशेष आतिथ्यता रहेको थियो। 

उद्धाघाटन कार्यक्रममा म्याच रेफ्री तेजिन्द्र क्षेत्री र दुर्गा थापासँगै अन्य क्लबका प्रतिनिधिहरुलाई समेत स्वागत र सम्मान गरिएको थियो। त्यस्तै स्वं हिरालाल गिरी र श्यामलाल गिरीको फोटोमा दिप प्रज्वलन  र रिबन काटेर उद्घाटन प्रमुख अतिथी हिरा बहादुर घर्तीले गर्नु भयो भने प्रेम गिरी र जयराम शर्माले ब्यानर खोलेर र गोविन्द बर्माले बल सर्विस गरेर कार्यक्रमको सुभारम्भ गर्नु भएको थियो। null

कार्यक्रमको उद्घाटन खेल पुरुष भलिबलको सिमाना युवा क्लब बरेङ(२, दाउन्ने का विरुद्ध बाँस्कोट युवा क्लब, बरेङ(१, धुल्लुबाँस्कोटबीच भएको बेस्ट अफ थ्री खेलमा २ । १ को सेटमा सिमाना युवा क्लब, बरेङ १, दाउन्ने बिजेता भएको थियो। 

भोलि मिति २०८०र११र०४ गते पुरुष भलिबल तर्फका प्रथम चरणका खेलसँगै भूपू भलिवल प्रतियोगिता सञ्चालन हुनेछन् भने कार्यक्रममा अन्य कार्यक्रम अन्तर्गत महिला भलिबल प्रतियोगिता, मावि। स्तरीय हाजिरी जवाफ प्रतियोगिता, मौलिक समूह नृत्य प्रतियोगिता र खुला पञ्चेबाजा प्रतियोगिता समेत समेटिएका छन् । 

   

« बरेङका विद्यालयहरुमा श्रीपञ्चमी पर्व,सरस्वति माताको पुजाआरधना,नयाँ बालबालिकाहरुको अक्षराम्भ «

» बरेङगाँउपालिकाले सञ्चालन गरेको सिकाई उपलब्धि मापन परीक्षाको नतिजा प्रकाशन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal