रोकी राखेको बस अचानक चालक बिनै गुडेपछि...
२८ कार्तिक २०७५, बरेङ । बरेरोकी राखेको बस अचानक चालक बिनै गुडेपछि बरेङ बजारमा अचम्म भएको छ, तर बस दुर्घटना हुनबाट भने जोगिएको छ । बागलुङको बरेङ गाँउपालिका बरेङ बजार देखि बुटवलको लागी छुटने रात्री बस बरेङ बजारमा दुर्घटना हुनबाट बचेको हो ।
बरेङ बजार देखी बुटवलको लागी छुटन लागेको लु १ ख ८१७५ नम्बरको रात्री बस रोकी राखेको अवस्थामा गुडेर बाटो देखी अनियन्त्रित भई बरेङ गाँउपालिकाको वडा नं १ धुल्लुबाँस्कोट तर्फ झुण्डीएको अवस्थामा अडिएको थियो । बस न्युट्रल अबस्थामा ओत बिनै राखिएका कारण गुडेको बताईएको छ ।
बस अपरान्ह ४.४७ बजे अनियन्त्रित भएको पश्चिम नेपाल बस ब्याबसायी संघका काउन्टर संचालक कृष्ण थापाले बताउनु भएको छ । बसमा ३ जना यात्रुहरु धुल्लुबाँस्कोट घर भएका मिना छन्त्याल र मनकला पुन शान्तिपुरका लागि र बुटुवल घरभै तिहारमा लिउवा माईत आएर फर्कन लागेकी रत्न माया जिसि रहेका थिए । यात्रुहरु सबै सुरक्षित रहेको पनि थापाले जानकारी दिनुभयो । रात्री बस हरेक साँझ ५ बजे बरेङ बजार देखी बुटवलको लागी छुटने गर्दछ ।
« राजमो गलकोटको भैली बाट १६ लाख बढी संकलन, सम्मेलनलाई खर्च । «
» बाटाकाचौरमा सम्पन्न घुम्ती शिविरबाट ३ सय १० नागरीक लाभान्वित । »