बाटाकाचौरमा सम्पन्न घुम्ती शिविरबाट ३ सय १० नागरीक लाभान्वित ।
प्रकाश छन्त्याल, नयाँबजार । ३० कार्तिक २०७५ । जिल्ला प्रशासन कार्यालय बागलुङव्दारा बरेङ गाउँपलिका ३ बाटाकाचौरमा सुरु गरेको २ दिने घुम्ती सेवा शिविर शुक्रबार सम्पन्न भएको छ । शिविरमा ३ सय १० जना नागरीकले नागरीकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । जस आन्तर्गत ८३ जना पुरुष र २ सय २७ जना महिलाहरु लाभाम्वीत भएका छन ।
शिविरमा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले अपांगता भएकी शान्ति पौडेललाई नागरिकताको प्रमाणपत्र प्रदान गरेर शिविरको उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी खरेलले जनताको घर दैलोमा आएर नागरिकता बितरण तथा गाँउपालिकाको समग्र बिकास अबलोकन गर्न पाउनु खुसिको क्षण भएको बताउनुभयो ।
बिषेश गरि जेष्ठ नागरिक र असक्त तथा अपाङगता भएका व्यक्तिहरु लक्षित गरिएको कार्यक्रम गाँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षहरुको बिषेश पहलमा सञ्चालन गरिएको प्रजिअ खरेलको भनाई थियो ।
« रोकी राखेको बस अचानक चालक बिनै गुडेपछि... «
» मंगलापुर युवा बिकास केन्द्र गुरुङधाराको तेस्रो बार्षिकोत्सब सम्पन्न,मृगौला पिडित थापालाई सहयोग । »







