महिलाहरुका लागी निशुल्क स्वास्थ्य सिविर ः ७९ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरको जाँच
दिपेन्द्र परियार २९ बैशाख २०८१।। बरेङमा आयोजित पाठेघर तथा आङ खसेका महिलाहरुका लागी निशुल्क स्वास्थ्य सिविरमा ७९ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरको स्कृनिङ (भि आई ए ) जाँच गरिएको छ ।
आज सम्पन्न १ दिने पाठेघरको मुखको क्यान्सर र स्तनको क्यान्सरको परिक्षण र परामर्श शिविरमा जाँच गरिएका मध्ये ५ जनालाई निशुल्क सल्यक्रियाका लागी धौलागिरि अस्पताल बोलाईएको धौलागिरि अस्पतालका स्त्री रोग बिशेसज्ञ डा. बिजय ओझाले जानकारी दिनुभयो ।
२ जना पाठेघरको मुखको क्यान्सरको संकास्पद बिरामी लाई उचित परामर्स तथा उपचारको लागी सुझाईएको धौलागिरि अस्पताल बागलुङका मेडिकल रेकर्डर नवराज पौडेलले बताउनु भयो ।
त्यस्तै शिविरमा १० जनालाई रिङ पेसरी राखिएको छ २ जनाको ईम्प्लान्ट निकालिएको छ ।
पाठेघर सम्वन्धी जुनसुकै रोग लागेका तथा अपेशन गर्नुपर्ने बिरामीहरुको धौलागीरी अस्पताल वाग्लुङमा निशुल्क उपचार हुनुका साथै गाडि भाडा समेत प्रदान गरिने धौलागिरि अस्पताल ब्यवस्थापन समितिका सदस्य लक्ष्मी जि.सि ले बताउनु भयो ।
आफ्नै घरगाँउ नजिकैको अस्पतालमा बिशेषज्ञ सेवा लिन पाउदा आफुहरुलाई ठुलो राहत मिलेको भन्दै समय समयमा यस्ताखाले शिविर फेरी पनि सञ्चालन गर्नुपर्ने सेवाग्राहिको भनाई छ ।
शिविर धौलागिरि अस्पताल बाग्लुङको आयोजना बरेङगाँउपालिकाको ब्यवस्थापनमा शनिवार बरेङबजार स्थित हुग्दिसिर स्वास्थ्य चौकीमा सम्पन्न भएको थियो । धौलागिरि अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष नारायण पौडेल,सदस्य लक्ष्मी जि.सी लगाएतको बिशेष उपश्थिति रहेको शिविरमा धौलागिरि अस्पताल बागलुङका स्त्री रोग बिशेषज्ञ डा.बिजय ओझा,मेडिकल अफिसर डा. अर्जुन बराल,मेडिकल रेकर्डर नवराज पौडेलको टिमले बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो ।
« बुद्ध आविमा जुनियर रेडक्रस सर्कल गठन तथा रेडक्रस अभिमुखिकरण सम्पन्न «
» किसिमकोट स्थित शारदा माध्यमिक विद्यालयको ५९ औं वार्षिक उत्सव समारोह सम्पन्न »