तुङ तोलाकोट आधारभुत विद्यालयमा नयाँ समिति गठन
भुमा मगर ।
०२ ज्येष्ठ २०८१ ।गुल्मीको कालीगण्डकि गाउँपालिका–६ तोलाकोट स्थित तुङ तोलाकोट आधारभुत विद्यालयमा नयाँ समिति गठन गरिएको छ ।
मङ्गलबार विद्यालयमा बसेको शिक्षक तथा अभिभावक भेलाले केर बहादुर थापाको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको हो ।
यसैविच विद्यालयले तुल बहादुर बिकको अध्यक्षतामा शिक्षक अभिभावक संघ समेत गठन गरेको विद्यालयका सुचना अधिकारी शिक्षक श्री प्रसाद परियारले जानकारी दिनुभयो ।
कार्यक्रम वडा नं.६ का वडाध्यक्ष पुर्ण बहादुर थापाको अध्यक्षता र विद्यालयकि शिक्षिका पार्वति थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
साथै विद्यालयले सोमबार विद्यालयका प्रधानाध्यापक गिरी प्रसाद थापाको अध्यक्षता तथा विद्यालयका स्काउट शिक्षक श्याम कुमार पटेलको संयोजकत्वमा विद्यालय स्काउट र बालक्लव समेत गठन गरेको छ ।
« किसिमकोट स्थित शारदा माध्यमिक विद्यालयको ५९ औं वार्षिक उत्सव समारोह सम्पन्न «
» पुरुषोदय माध्यमिक विद्यालय बराहकोटमा बाल क्लव र जुनियर रेडक्रस सर्कल गठन »