दर्ता. न‌: २४५/०६५/०६६

पुरुषोदय माध्यमिक विद्यालय बराहकोटमा बाल क्लव र जुनियर रेडक्रस सर्कल गठन

नाम बहादुर थापा ।

०३ ज्येष्ठ २०८१ ।पुरुषोदय माध्यमिक विद्यालय बराहकोटमा बाल क्लव र जुनियर रेडक्रस सर्कल गठन गरिएको छ ।

बागलुङको बरेङ गोंडपालिका–२ बराहकोट स्थित पुरुषोदय माध्यमिक विद्यालयमा अस्मिता पुनको अध्यक्षतामा २१ सदस्यीय प्रगतिशिल नमुना वाल कलव गठन भएको छ  । 

जसको उपाध्यक्षमा आर्यन राना, सचिव सविन क्षेत्री, सहसचिव मिलन वि.क. र कोषाध्यक्षमा अन्जु राना चयन भएका छन् । 

त्यस्तै सदस्यहरुमा विकास विक, सृष्टि थापा,अनिसा श्रीस,सृष्टि शर्मा, विविचना श्रीस,सचिन वि.क., उज्वल थापा, आरजु वि.क., युनिसा शर्मा, राभिन श्रीस, युजन काउचा, करिष्मा थापा, रिजन घर्ती, विपना सञ्जवीनी मगर, राजिव श्रीस र सविना वि.क. चयन भएका छन्। 

क्लवको पहिलो बैठकबाट शिक्षक नाम बहादुर थापा, रमेश उपाध्याय र अर्जुन रेग्मीलाई सल्लाहकार चयन गरेको क्लवकि अध्यक्ष अस्मिता पुनले जानकारी दिनुभयो ।

क्लवको बैठकमा विद्यालयमा नियमित रुपमा शुक्रवारे  अतिरिक्त क्रियाकलापको सञ्चालन क्लवकै सदस्यहरुबाट पालैपालो गर्ने, विद्यालय भित्र र बाहिर सभ्य, शिष्ट भाषाको प्रयोग गर्ने, जङ्क फुडको प्रयोग नगर्ने र मासिक रुपमा भित्ते पत्रिका प्रकाशन गर्ने निर्णय भएको छ ।

यसैविच आज नै बादल शर्माको अध्यक्षतामा १० सदस्यीय जुनियर रेडक्रस सर्कल गठन गरिएको छ ।

जसको उपाध्यक्षमा सदिक्षा थापा, सचिव विपिन सुनार, सह–सचिव खुशी छन्त्याल, कोषाध्यक्ष निर्मल विक र सदस्यहरुमा ढक बहादुर श्रीस,गणेश सुनार, तेरिसा पुन, सन्ध्या आले, सृष्टि श्रीस, कमल काला, निरज आले र मोहित काउचा चयन भएका छन् ।

त्यसैगरी शिक्षक नरिनारायण पौडेल शिक्षक नायकको रुपमा चयन हुनु भएको छ ।

« तुङ तोलाकोट आधारभुत विद्यालयमा नयाँ समिति गठन «

» बरेङको बाटाकाचौरमा निशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal