दर्ता. न‌: २४५/०६५/०६६

बरेङको बाटाकाचौरमा निशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन

दिपेन्द्र परियार ५ जेष्ठ २०८१ । बागलुङको बरेङ गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । 

बरेङ गाउँपालिकाको आयोजना र रिजनल हस्पिटल प्रा.ली पोखराको प्राविधिक सहयोगमा बरेङको बाटाकाचौर स्वास्थ्य चौकीमा शनिवार शिविर सञ्चालन गरिएको हो। 

शिविरमा कुल ४ सय ५० जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ। शिविरमा जनरल फिजिसियन,मुटुरोग बिशेसज्ञ सेवा,हाडजोर्नी तथा नसारोग बिशेषज्ञ सेवा ,महिलारोग सेवा,भिडियो एक्सरे,इिसिजीसेवा,ल्यावसेवा,साथै औसधि निशुल्क प्रदान गरिएको बरेङ गाँउपालिकाका जनस्वास्थ्य निरिक्षक पदम बहादुर पुनले बताउनु भयो ।

शिविरबाट बरेङ गाँउपालिका भरिका नागरिक साथै गुल्मीको चन्द्रकोटगाँउपालिकाका नागरिकले समेत निःशुल्क स्वास्थ्य परिक्षण गराएका थिए।

« पुरुषोदय माध्यमिक विद्यालय बराहकोटमा बाल क्लव र जुनियर रेडक्रस सर्कल गठन «

» बरेङ १ डढुवामा चट्याङ पर्दा घर जलेर नष्ट,नगद,सुन सहित लाखौको क्षती »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal