बरेङ १ डढुवामा चट्याङ पर्दा घर जलेर नष्ट,नगद,सुन सहित लाखौको क्षती
दिपेन्द्र परियार ६ जेष्ठ २०८१ । शनिवार साँझ चट्याङ पर्दा बरेङ १ डढुवाका होम बहादुर गलामीको घर जलेर नष्ट भएको छ ।
साँझ अन्दाजि ५ः १५ बजे परेको चट्याङले घरपुर्ण रुपमा नष्ट भएको छ भने लत्ताकपडा नगद तथा सुनका गरगहना जलेको पिडित होम बहादुर गलामीले बताउनु भयो ।
घटनाबारे थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय बरेङडाँडाले जनाएको छ ।