बरेङ मा चट्याङ पर्दा घर जलेर नष्ट ः ग्रामिण जनसहभागिता बिकास केन्द्रमा आवद्ध युवाहरु द्धारा संकलित रकम प्रदान
दिपेन्द्र परियार ६ जेष्ठ २०८१ । शनिवार साँझ चट्याङ पर्दा बरेङ १ डढुवाका जिजुमान गलामीको घर जलेर नष्ट भएको छ ।
साँझ अन्दाजि ५ः १५ बजे परेको चट्याङले घरपुर्ण रुपमा नष्ट भएको छ भने लत्ताकपडा नगद १ लाख सहित ४ लाखको क्षति भएको ईलाका प्रहरी कार्यालय बरेङडाडाले जानकारी दिएको छ । घर जलेपछि हराएका सुनका गरगहना भने भेटिएको प्रहरीको भनाई छ ।
घटना भएको झण्डै २ घण्टापछि स्थानियले आगो नियन्त्रणमा लिएका थिए ।
आगलागिमा परि बालबालिकाको पुस्तक कापिकलम तथा स्कुल पोशाक समेत जलेर नष्ट हुँदा बालवालिकालाई बिद्यालय पठाउन समेत समस्या परेको पिडित होम बहादुर गलामीले बताउनु भयो ।
त्यस्तै आज बिहानै बाट बरेङ स्थित ग्रामिण जनसहभागिता बिकास केन्द्रमा आवद्ध युवाहरु उद्धार तथा बरेङबजार तथा आसपासमा राहात संकलनमा जुटेका थिए । जसमा कुल नगद रु ४४ हजार ९० रुपैया संकलन गरेको थियो । जसबाट रु १३ हजार ४ सय ५० रुपैया बरावरको लत्ताकपडा साथै ३१ हजार ६ सय ४० रुपैया पिडित जिजुमान गलामीलाई हस्तान्तरण गरेको छ ।
« बरेङ १ डढुवामा चट्याङ पर्दा घर जलेर नष्ट,नगद,सुन सहित लाखौको क्षती «