धुल्लुवास्कोटमा आईपिभि खोप अभियान अन्तर्गत यहि जेठ १३ गते देखी १६ गते सम्म पोलियो बिरुद्धको खोप लगाईदै
दिपेन्द्र परियार ७ जेठ २०८१ । बरेङको धुल्लुवास्कोटमा आईपिभि खोप अभियान अन्तर्गत यहि जेठ १३ गते देखी १६ गते सम्म पोलियो बिरुद्धको खोप लगाईने भएको छ ।
आज सोमवार धुल्लुवास्कोट स्वास्थ्यचौकीमा सम्पन्न खोप दिने स्वास्थ्यकर्मि र बिद्यालयका प्रतिनिधिहरुको गोष्ठिमा पोलियो रोग विरुद्धको ’आईपिभी’ खोप अभियान सञ्चालन गरिने जानकारी गराईएको हो ।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत बरेङ गाँउपालिका १ धुल्लुवास्कोटका बिभिन्न ४ वटा खोप केन्द्रमा यही जेठ १३ गतेबाट १६ गतेसम्म सो अभियान सञ्चालन गर्ने धुल्लुवास्कोट स्वास्थ्य चौकी प्रमुख प्रकास चालिसेले बताउनु भयो । उहाँका अनुसार २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मेका बालबालिकालाई उक्त खोप दिइनेछ ।
बरेङ बजार स्थित ग्रामिण जनसहभागिता खोप केन्द्र र नेपाल कर्तब्य पालन प्राथमिक बिद्यालय उर्लेनी खोप केन्द्रमा जेष्ठ १३ गते ,सान्ति प्राथमिक बिद्यालय हजेनीखर्क खोप केन्द्रमा जेठ १४ गते र धुल्लुवास्कोट स्वास्थ्य चौकीमा जेठ १६ गते खोप लगाईने चालिसेले जानकारी दिनु भयो ।
गोष्ठीमा आईपीभि खोपको महत्व,नेपालमा पोलियोरोगको अवस्था लगाएत रोग उन्मुलन सम्वन्धि स्वास्थ्यचौकी प्रमुख चालिसेले प्रश्तुतिकरण दिनुभएको थियो ।
कार्यक्रममा बरेङ गाँउपालिका वडा न १ का वडाअध्यक्ष नरसेङ पुन,बरेङ गाँउपालिका गाँउकार्यपालिका सदस्य ,वडा सदस्य लगाएत स्वास्थ्यकर्मी,बिद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
» बरेङमा विषादिरहित पोषण प्रवद्धन, अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न »