दर्ता. न‌: २४५/०६५/०६६

मंगलापुर युवा बिकास केन्द्र गुरुङधाराको तेस्रो बार्षिकोत्सब सम्पन्न,मृगौला पिडित थापालाई सहयोग ।

३० कार्तिक २०७५,गुरुङधारा । मंगलापुर युवा बिकास केन्द्र गुरुङधाराको तेस्रो बार्षिकोत्सब आज सम्पन्न भएको छ । बागलुङको बरेङ गाँयपालिका वडा नं. २ गुरुङधारा स्थित उक्त क्लबको यहि कार्तिक २५ गते बाट शुरु भएको बार्षिकोत्सब कार्यक्रम आज साबिक अन्तर वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता सम्पन्न गर्दै सकिएको हो ।

आपसमा एकता समाज बिकासमा प्रतिबद्धता मुख्य नारा तय गर्दै आयोजना गरिएको तेस्रो बार्षिकोत्सब अन्र्तगतको पुरुष भलिबल प्रतियोगिता तर्फ सप्तरङगी युवा क्लब बराहकोट प्रथम हुन सफल भएको छ भने हिमालयन खेलकुद परिवार राङखानी किटेनी द्वितिय, आयोजक मंगलापुर युवा बिकास केन्द्र गुरुङधारा तृतिय तथा तमु युवा क्लब धुवाखोला गुल्मी सान्त्वना हुन सफल भएका छन् ।

प्रथम, द्वितिय, तृतिय तथा सान्त्वना हुन सफल खेलाडिहरुलाई प्रमुख अतिथि क्लबका बरिष्ठ सल्लाहकार एवं भुपु क्षेत्रीय खेलाडि शेर बहादुर थापाले पुरस्कार बितरण गरेका छन् ।

प्रथम हुनेले नगद रु ३६ हजार, ३ बर्षे रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने द्वितिय हुनेले नगद रु २५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र, तृतिय हुनेले नगद रु १२ हजार, ट्रफि, मेडल र प्रमाण पत्र, तथा सान्त्वना हुनेले नगद रु ८ हजार, ट्रफि, मेडल र प्रमाण पत्र हात पारेका छन् ।

केन्द्रले आफ्नो तेस्रो बार्षिकोत्सबको अबसर पारि दुबै मृगौला फेल भई हाल उपचारारत रहेका बरेङ गाँउपालिका वडा नं. २ भेडाखर्कका मोहन थापालाई रु १० हजार आर्थिक सहयोग गरिएको क्लबका सचिब दुर्गा बहादुर थापाले रेडियो बिहानीलाई जानाकारि दिए ।

« बाटाकाचौरमा सम्पन्न घुम्ती शिविरबाट ३ सय १० नागरीक लाभान्वित । «

» जापान गोजुरियो कँराते डो–बरेङ डोजोमा ग्रेड बृद्धि । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal