दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा विषादिरहित पोषण प्रवद्धन, अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भुमा मगर ।

०७ ज्येष्ठ २०८१ ।बागलुङको बरेङमा विषादिरहित पोषण प्रवद्धन, अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बरेङ गाउँपालिकाको आयोजनामा वडा नं.१ को धुल्लुबाँस्कोट स्वास्थ्य चौकिमा आज सोमबार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पोषण संबन्धि पोषक तत्व,खानाको समुह, सन्तुलित उपाहार तथा कुपोषण संबन्धि कुपोषणको वर्तमान अवस्था,नेपालमा बालबालिकामा पोषण र कुपोषणको अवस्था,पोषणमा लगानी,मानवको बौद्धिक विकास वृद्धि, पोषण र मस्तिष्कको विकास,पोषण तथा कृषिको अन्तरसंबन्ध,विषादिको समुचित प्रयोग, नेपालमा विषादिको इतिहाँस, नेपालमा विषादि आयातको स्थिति र आयात मुल्य,विषादिको लेवल,विषादिले पारेको नकारात्मक असरहरु र विषादिले वातावरणमा पार्ने असरबारे बरेङ गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक पदम बहादुर पुनले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रमबारे जनस्वास्थ्य निरिक्षक पुनले प्रकाश पार्नुभएको थियो ।

पोषण,कुपोषण तथा पोषण संबन्धि स्थितिको जानकारी प्रदान गर्ने, विषादिबाट हुनसक्ने असरहरुबारे जानकारी प्रदान गर्ने र विषादिरहित खाद्य तथा पोषण प्रवद्धन गर्न सरोकारवालाहरुको भुमिकाबारे छलफल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको निरिक्षक पुनको भनाइ छ ।

वडा नं. १ का अध्यक्ष नरसेङ पुनको अध्यक्षता रहेको कार्यक्रममा वडा नं. १ का वडा सदस्य,वडाका जनप्रतिनिधि,विद्यालयका प्रधानाध्यापक प्रतिनिधिहरु, अगुवा कृषकहरु,स्वास्थ्यकर्मि,स्वयमसेविका लगायतको उपस्थिति रहेको थियो ।

« धुल्लुवास्कोटमा आईपिभि खोप अभियान अन्तर्गत यहि जेठ १३ गते देखी १६ गते सम्म पोलियो बिरुद्धको खोप लगाईदै «

» बरेङमा वैदेशिक रोजगार सम्बन्धी सचेतनात्मक अन्तरक्रिया कार्यक्रम »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal