सर्बोदय माध्यमिक बिद्यालयमा शैक्षिक गुणस्तर प्राप्तिका लागी अतिरिक्त कक्षा सञ्चालन
दिपेन्द्र परियार ८ जेठ २०८१ । बरेङको सर्बोदय माध्यमिक बिद्यालयले शैक्षिक गुणस्तर प्राप्तिका लागी अतिरिक्त कक्षा सञ्चालन गरेको छ ।
बिद्यालयले नयाँ शैक्षिक शत्रमा परिक्षणका लागी बिहान ९ बजेदेखी साँझ ५ बजे सम्म नियमित भन्दा थप २ घण्टा अतिरिक्त कक्षा सञ्चालन गरेको हो ।
बरेङ गाँउपालिकाको चालु आर्थिक बर्षको गाँउपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम मार्फत खर्च गर्ने गरि तथा अभिवावकमार्फत सहयोग उठाउने गरी अतिरिक्त कक्षा सञ्चालन गरिरहेको बिद्यालयका प्रधानाध्यापक चित्र थापाले बताउनु भयो ।
बिहान ९ बजे देखी साँझ ५ बजेसम्म कक्षा सञ्चालन गर्दा प्रतेक बिषयमा ४५ मिनेट बाट १५ मिनेट थप भएर ६० मिनेट पाठ्यघण्टा पुगेको भन्दै प्रधानाध्यापक थापाले शैक्षिक गुणस्तर प्राप्त गर्न मद्धत पुग्ने अपेक्षा रहेको बताउनु भयो ।
गाँउपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम मार्फत सर्बोदय माध्यमिक बिद्यालयलाई १ लाख बरावरको बजेट बिनियोजन भएको थापाले बताउनु भयो ।अतिरिक्त कक्षा सञ्चालनका लागी रकम अपुग हुने भन्दै थप रकम अभिवावक भेला मार्फत ब्यवस्थापन गर्ने तयारी रहेको उहाँले बताउनु भयो ।
« बरेङमा वैदेशिक रोजगार सम्बन्धी सचेतनात्मक अन्तरक्रिया कार्यक्रम «
» होटल सरोवर र किङ्गस लाउन्ज पोखरा मा प्रभु बैंकद्घारा विशेष छुट सम्झौता »