दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा हाते ट्रयाक्टर सञ्चालन, मर्मत तथा पुर्नताजगी तालिम सुरु

भुमा मगर ।

१० ज्येष्ठ २०८१ ।बरेङमा हाते  ट्रयाक्टर सञ्चालन, मर्मत तथा पुर्नताजगी तालिम सुरु भएको छ ।

बागलुङको बरेङ गाउँपालिका वडा नं. ३ बाटाकाचौरमा बुधबारदेखी  १५ दिने हाते  ट्रयाक्टर सञ्चालन, मर्मत तथा पुर्नताजगी तालिम सुरु भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरेङ गाउँपलिकाका प्रवक्ता तथा सामाजिक विकास समितिका संयोजक तुफान पुनले सिप सिकेर स्वरोजगार बन्न आग्रह गर्नुभयो ।

प्रवक्ता पुनले बरेङ गाउँपालिकामा  हाते  ट्रयाक्टर संबन्धि प्राविधिक नभएकोले गाउँपालिकाले गण्डकि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान गण्डकि प्रदेश पोखरामा प्रस्ताव गरी तालिम छनोट भएको जानकारी दिनुभयो । उँहाले तालिम पश्चात  गाउपालिकामा स्वरोजगार तथा रोजगारी सिर्जना हुने अपेक्षा समेत गर्नुभयो ।

गण्डकि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान गण्डकि प्रदेश पोखराको आयोजना र बरेङ गाउँपालिकाको व्यवस्थापनमा सञ्चालन भएको तालिममा ३० जना को सहभागिता रहेको बरेङ गाउँपालिकाका लघु उद्यम विकास सहजकर्ता सुरेन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

तालिम अवधिभर प्रशिक्षक आनन्द प्रसाद मरासिनीले प्रशिक्षण दिनुहुने छ । तालिम १५ दिनसम्म चल्नेछ ।

कार्यक्रम बरेङ गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष शेर बहादुर खनालको अध्यक्षता र उद्यम विकास सहजकर्ता सुरेन्द्र बहादुर रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

« होटल सरोवर र किङ्गस लाउन्ज पोखरा मा प्रभु बैंकद्घारा विशेष छुट सम्झौता «

» बिद्यार्थीलाई अन्वेषण प्रति अभिरुची जगाउन पुरुषोद्धयमा बिज्ञान सामाग्री प्रदर्शन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal