दर्ता. न‌: २४५/०६५/०६६

बिद्यार्थीलाई अन्वेषण प्रति अभिरुची जगाउन पुरुषोद्धयमा बिज्ञान सामाग्री प्रदर्शन

नाम बहादुर थापा ११ जेठ २०८१। पुरुषोद्धय माध्यमिक बिद्यालयमा बिज्ञान प्रबिधि सँग सम्वन्धीत सामाग्री प्रदशन गरिएको छ ।

वाग्लुङको बरेङ गाँउपालिका २ बाराकोटमा अवस्थित विद्यालयले बिद्यार्थीलाई विद्यालयतह देखीनै नवप्रर्वदन र अन्वेषण प्रति अभिरुची जगाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

नियमित शुक्रवारे अतिरिक्त कार्यक्रम अन्तर्गत आज सम्पन्न विज्ञान सामाग्री प्रदर्शनी कार्यक्रममा बाह्र समुहको सहभागिता रहेको बिद्यालयले जनाएको छ । कार्यक्रममा सहभागि विद्यार्थीहरुले विज्ञान सँग सम्वन्धीत विभिन्न सामाग्रीहरु प्रदर्शन गरेका थिए । जसमा मिलन सुनार,आर्यन राना,वादल शर्मा र मदन श्रेठको समुह प्रथम,सुनील श्रेठ ,सदिक्षा थापा,कमल कालाको समुह द्धितिय,सदिक्षा थापा,खुसी छन्त्याल र वालिका क्षेत्रीको समुह तृतिय भएका थिए ।

विद्यार्थीहरुले निर्माण गरेका सामाग्रीहरुलाई प्रस्तुतीकरण,प्रदर्शन र निष्कर्ष गरी मूल्याङकन गरिएको विज्ञान शिक्षक भुवन घर्तिले बताउनु भयो । बिज्ञान शिक्षक भुवन घर्ती,मिलन थापा र सुदिप श्रेठकोे ३ सदस्यीय मुल्याङकन समितिले सहभागिको मुल्याङकन गरेको थियो ।

कार्यक्रममा वोल्दै प्रधानाध्यापक मन बहादुर श्रीसले छोटो समयमा विद्यार्थिहरुले नवप्रवतनको क्षेत्रमा धेरै प्रगति गरेको भन्दै विद्यार्थीहरुको प्रशंसा गर्नुभएको थियो । कार्यक्रम बिद्यालयका प्रधानाध्यापक मन बहादुर श्रीसको अध्यक्षता शिक्षक नरिनारायण पौडेलको स्वागत शिक्षक सन्तोस श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

« बरेङमा हाते ट्रयाक्टर सञ्चालन, मर्मत तथा पुर्नताजगी तालिम सुरु «

» ज्ञानोदय आधारभुत विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal