अखिल नेपाल महिला संघ बरेङ गाउँपालिका वडा नं. २ हुग्दिशीरको दोस्रो वडा भेला सम्पन्न,१५ सदस्यिय वडा समिति गठन
भुमा मगर ।
१५ ज्येष्ठ २०८१ ।अखिल नेपाल महिला संघ बरेङ गाउँपालिका वडा नं. २ हुग्दिशीरको दोस्रो वडा भेला मङ्गलबार सम्पन्न भएको छ ।
भेलाले टिका थापाको अध्यक्षतामा १५ सदस्यिय वडा समिति गठन गरेको छ ।
भेलामा अनेम संघ बरेङ गाउँपालिकाकि अध्यक्ष तुलसी बस्यालको प्रमुख आतिथ्यता रहेको थियो ।
भेलाले टिका थापाको अध्यक्षतामा १५ सदस्यिय वडा समिति गठन गरेको छ । जसको उपाध्यक्षमा रिता खत्री क्षेत्री,सचिवमा लक्ष्मी क्षेत्री,सहसचिवमा आयुषा बस्याल,कोषाध्यक्षमा गँगा विक र सदस्यहरुमा विना थापा,देउकली थापा,सरिता बस्याल,गँगा देवि थापा,नर्मदा थापा,रिता थापा,टिका पुन,भुमा थापा,इश्वरी दर्जी र दिपा शर्मा रहनुभएको छ ।
यस्तै सल्लाहकार समितिको संयोजकमा माया राना थापा,कमला शर्मा र चन्द्रकला शर्मा छनोट हुनुभएको छ ।
भेला अनेम संघ हुग्दिशीरकि अध्यक्ष टिका थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
« अखिल नेपाल महिला संघ बरेङ–१ धुल्लुबाँस्कोटको दोस्रो वडा भेला शनिबार सम्पन्न «
» पुरुषोदय मावि बराहकोटमा विज्ञान सामाग्री प्रदर्शनीका विजेता विद्यार्थीहरु सम्मानित »