दर्ता. न‌: २४५/०६५/०६६

पुरुषोदय मावि बराहकोटमा विज्ञान सामाग्री प्रदर्शनीका विजेता विद्यार्थीहरु सम्मानित

नाम बहादुर थापा ।

१८ ज्येष्ठ २०८१ ।बागलुङको बरेङ गाउँपालिका –२ बराहकोट स्थित पुरुषोदय माध्यमिक विद्यालयले विज्ञान सामाग्री प्रदर्शनी कार्यक्रममा प्रथम स्थान प्राप्त गर्न सफल विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

बरेङ गाउँपालिकाले गत जेठ १४ गते बरेङ गाउँपालिकाले आयोजना गरेको अन्तर मावि स्तरीय विज्ञान सामाग्री प्रदर्शनी  प्रतियोगितामा विद्यालयले प्रथम स्थान प्राप्त गरेको थियो ।

विद्यालयको तर्फबाट सहभागी विद्यार्थीहरु मिलन सुनार,बादल शर्मा र आर्यन रानालाई विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

साथै विद्यार्थीहरुलाई सहजिकरण गरी महत्वपुर्ण योगदान पु्¥याएको भन्दै विज्ञान शिक्षक भुवन घर्ति,सन्तोष श्रीस र मिलन थापालाई पनि विद्यालयले सम्मान गरेको हो ।

विद्यार्थीलाई वैज्ञानिक अन्वेषण,खोज,नव प्रवर्तनप्रति रुचि जगाउन र शिक्षकको थप हौसला बढाउन कार्यक्रमको आयोजना गरीएको विद्यालयले जनाएको छ । कार्यक्रममा बोल्दै विद्यालयका छात्र मिलन सुनारले आफुहरुको प्रयासमा विद्यालयले महत्वपुर्ण सहयोग पु¥याएको भन्दै विद्यालय प्रति धन्यवाद व्यक्त गरे। त्यस्तै शिक्षक सन्तोष श्रीसले विद्यालय प्रशासनको सहयोग र  विद्यार्थीहरुको मेहनत र लगनशिलताले विद्यालयले सफलता प्राप्त गरेको भन्दै विद्यालय र विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक मन बहादुर श्रीसले सिमित स्रोत, साधन र छोटो समयमा विद्यार्थीको 

अथक मेहनतले विद्यालय सफल भएको र आगामी दिनमा विद्यार्थीको वैज्ञानिक खोज, अन्वेषण र नवप्रवर्तनका लागी विद्यालयले निरन्तर सहयोग गर्ने बताउनु भएको थियो ।

कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक नाम बहादुर थापाले गर्नुभएको थियो ।

« अखिल नेपाल महिला संघ बरेङ गाउँपालिका वडा नं. २ हुग्दिशीरको दोस्रो वडा भेला सम्पन्न,१५ सदस्यिय वडा समिति गठन «

» अखिल नेपाल महिला संघ बरेङ गाउँपालिका वडा नं. ५ सुखौराको दोस्रो वडा भेला सम्पन्न,११ सदस्यिय वडा समिति गठन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal