दर्ता. न‌: २४५/०६५/०६६

जापान गोजुरियो कँराते डो–बरेङ डोजोमा ग्रेड बृद्धि ।

०२ मार्ग २०७५, बरेङ । बागलुङको बरेङ गाँउपालिका वडा नं. १ र २ बरेङ बजार स्थित जापान गोजुरियो कँराते–डो केन्वाकाई नेपाल संघको बरेङ डोजोमा आईतबार ग्रेड बृद्धि गरिएको छ । डोजो अन्र्तगत मार्सल आर्ट सिकिरहेका प्रशिक्षार्थीहरुको क्षमता जाँच गर्दै प्रशिक्षार्थीहरुलाई बिभिन्न लेभलका बेल्ट बितरण गरिएको हो ।

पहिलो ग्रेडिङ अन्र्तगत प्रशिक्षार्थीहरुले आ–आफ्नो क्षमता अनुसारको बिभिन्न काँटा, टिम काटा तथा दक्षता प्रस्तुत गरेका थिए भने बिभिन्न चरणमा लिईएको परिक्षा अनुसार २० जनाले एल्लो, ३ जनाले ओरेन्ज तथा ३ जनाले ब्ल्यु बेल्ट प्राप्त गर्न सफल भएका छन् । 

डोजो प्रशिक्षक हिरा पुन, बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा र रेडियो बिहानीका स्टेशन को– अर्डिनेटर प्रकाश छन्त्यालले एक कार्यक्रमका बिच प्रशिक्षार्थीहरुलाई बेल्ट तथा प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

त्यस्तै रुपन्देही र दोलखा जिल्लाको चरिकोटमा सम्पन्न भएका जिल्ला तथा राष्ट्रिय स्तरका प्रतिस्पर्धाहरुमा डोजोको तर्फबाट सहभागिता जनाएर गोल्ड मेडल जित्न सफल बिशाल पुन, सिल्भर मेडल जित्न सफल गिरी प्रसाद राना र ब्राउन मेडल जित्न सफल सन्देश पाखरेललाई पनि सोहि अबसरमा सम्मान गरिएको थियो ।

बेल्ट हस्तान्तरण तथा सम्मान कार्यक्रम पछि बोल्दै बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले मार्सल आर्ट लडाई भिडाईका लागि नभएर स्वास्थ्य तथा समाज रुपान्तरणका लागि प्रयोग हुने र यस्ता खाले प्रशिक्षण पालिका भित्रका अन्य क्षेत्रहरुमा पनि बिस्तार गरिने बताए ।

बिगतका बर्षहरुमा नियमित सञ्चालन हुदै आएको डोजो हाल बरेङ गाँउपालिका, खेलकुद बिकास समितिको बिषेश सहयोगमा सञ्चालन हुदै आएको छ ।

« मंगलापुर युवा बिकास केन्द्र गुरुङधाराको तेस्रो बार्षिकोत्सब सम्पन्न,मृगौला पिडित थापालाई सहयोग । «

» राङखानीमा बन्चरो प्रहार गरि आमाको हत्या ! »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal