दर्ता. न‌: २४५/०६५/०६६

अखिल नेपाल महिला संघ बरेङ गाउँपालिका वडा नं. ५ सुखौराको दोस्रो वडा भेला सम्पन्न,११ सदस्यिय वडा समिति गठन

भुमा मगर ।१८ ज्येष्ठ २०८१ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ बरेङ गाउँपालिका वडा नं. ५ सुखौराको दोस्रो वडा भेला शुक्रबार सम्पन्न भएको छ ।

भेलाले सिता थापाको अध्यक्षतामा ११ सदस्यिय वडा समिति गठन गरेको छ । जसको उपाध्यक्षमा दुरपती पुन,कोषाध्यक्षमा भविसरा सेरपुर्जा ,सचिवमा देवी गलामी अर्मजा र सदस्यहरुमा मिना शर्मा,सुकमाया सेरपुर्जा,विष्णु दर्जी,कुमारी पुर्जा,डिलमाया पुर्जा पुन,चन्द्रा पुर्जा,सरस्वती सुनार रहनुभएको छ ।

यस्तै सल्लाहकार समितिको संयोजकमा मिरा पुर्जा रहनु भएकोछ। सदस्यहरुमा गौमती शेरपुर्जा,डिलकुमारी सेरपुर्जा,नन्दा थापा,फुलकुमारी दमाई,अमृता पुन छनोट हुनुभएको छ ।

कार्यक्रममा अखिल नेपाल महिला सँघ बागलुङ जिल्ला सल्लाहकार फुलकुमारी शर्मा, अखिल नेपाल महिला सँघ बरेङ गाँउपालिका अध्यक्ष तुलसी बस्याल,राजमो जिल्ला सल्लाहकार टिकाराम शर्मा,राजमो वडा समिति अध्यक्ष चित्र सेरपुर्जा,अखिल नेपाल युवक सँघ बरेङ गाँउपालिका अध्यक्ष प्रेम थापा, अखिल नेपाल युवक सँघ बागलुङ जिल्ला सदस्य तुफान पुनको बिशेष उपश्थिती रहेको थियो ।

अनेम संघ बरेङ गाउँपालिकाकि अध्यक्ष तुलसी बस्यालको प्रमुख आतिथ्यता  तथा अनेम संघ सुखौराकी अध्यक्ष सिता थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

« पुरुषोदय मावि बराहकोटमा विज्ञान सामाग्री प्रदर्शनीका विजेता विद्यार्थीहरु सम्मानित «

» भृकुटी माविमा पुरस्कार, छात्रवृत्ति वितरण साथै विज्ञान प्रतिभा सम्मान कार्यक्रम सम्पन्न। »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal