भृकुटी माविमा पुरस्कार, छात्रवृत्ति वितरण साथै विज्ञान प्रतिभा सम्मान कार्यक्रम सम्पन्न।
सुन्दर श्रेष्ठ ।
१८ज्येष्ठ २०८१ ।भृकुटी माध्यमिक विद्यालय काफलबोटमा शैक्षिक २०८० को पुरस्कार तथा, छात्रवृत्ति वितरण साथै विज्ञान प्रतिभा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।।
बागलुुङको बरेङ गाउँपालिका वड नं. २ काफलबोट स्थित भृकुटी माध्यमिक विद्यालयले शैक्षिकसत्र २०८० को वार्षिक परीक्षाको बालकक्षा देखि कक्षा ११ सम्मको विभिन्न बिधागत पुरस्कार वितरण, छात्रवृत्ति वितरण गरको छ ।
कार्यक्रममा बालकक्षा देखि कक्षा ११ सम्म प्रथम, द्वितीय, तृतीय हुने, अनुशासित, नियमित हाजिरी हुने, नियमित गृहकार्य गर्ने, सरसफाइ, विभिन्न तहगत रुपमा उत्कृष्ट नतिजा ल्याउने, विशेष सक्रियता र क्षमता देखाउने विद्यार्थीलाई पुरस्कारद्वारा सम्मान साथै विद्यालयका सबै छात्रा, दलित विद्यार्थी र अपाङ्ग विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको थियो ।
कार्यक्रमकै विच बरेङ गाउँपालिकाले आयोजना गरेको विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रतिभा प्रदर्शन कार्यक्रममा विद्यालयबाट उत्कृष्ट हुन सफल विद्यार्थी एवम् शिक्षकहरुलाई सम्मान गरीएको विद्यालयले जनाएको छ ।
बरेङ गाउँपालिकाले आयोजना गरेको विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रतिभा प्रदर्शन कार्यक्रममा उत्कृष्ट हुन सफल विद्यार्थीहरु सोफिया सापकोटा, हेम पुन, योजना पुन र इन्द्रा क्षेत्री साथै शिक्षकहरु विज्ञान तथा प्रविधि विषय संयोजक गोपाल केसी।, शिक्षकहरु सरस्वती थापा, अमर धामी र सुन्दर श्रेष्ठलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रम विद्यालयका प्रधानाध्याक लिलाधर पौडेलको अध्यक्षता, शिक्षक तुल्सी राम पौडेलको स्वागत र निमित्त प्रधानाध्यापक एवम सूचना अधिकारी विष्णु बहादुर क्षेत्रीको सञ्चालन मा सम्पन्न भएको थियो ।
» भृकुटी मावि काफलबोटमा नयाँ सुरुवात नयाँ स्वरुपमा विद्यार्थीको जन्मदिन »