भृकुटी मावि काफलबोटमा नयाँ सुरुवात नयाँ स्वरुपमा विद्यार्थीको जन्मदिन
सुन्दर श्रेष्ठ ।२१ ज्येष्ठ २०८१ ।भृकुटी माध्यमिक विद्यालय, बरेङ–२, काफलबोट बागलुङमा नयाँ सुरुवात नयाँ स्वरुपमा विद्यार्थी जन्मदिन मनाइएको छ।
आज सोमबार जन्मदिन परेका कक्षा १ का छात्र प्रयाश आचार्यलाई विद्यालयले प्रार्थना समयमा जन्मदिनको शुभेक्षा कार्यक्रम गरेको थियो भने विद्यार्थी प्रयासका आमा साथै विद्यालयका शिक्षिका माया सापकोटा र बुवा बरेङ गाउँपालिकाका सब–इन्जिनियर कमल आचार्यले यस विशेष दिनमा विद्यालयका जेहेन्दार र विपन्न विद्यार्थीहरुलाई स्टेसनरी सामग्री साथै विद्यालयको हरित विद्यालयको अवधारणा सफल पार्न फूल सहितको गमला प्रदान गर्नु भएको थियो। यस्ता कार्यक्रमबाट विद्यालयमा केही सकारात्मक कार्यको सुरुवात एवम् उत्प्रेरणा हुने, जङ्क फुडको प्रयोगमा कमि आउने, हरित विद्यालयमा विद्यार्थी र अभिभावकहरुको सहभागिता रहि अपन्त्व बोध हुने अपेक्षा विद्यालयले गरेको छ।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक लिलाधर पौडेलको अध्यक्षता, सहायक प्रधानाध्यापक एवम् सूचना अधिकारी विष्णु बहादुर क्षेत्रीको सञ्चालन तथा विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुको उपस्थितिमा सौहार्दपूर्ण तवरले सम्पन्न भएको थियो।
« भृकुटी माविमा पुरस्कार, छात्रवृत्ति वितरण साथै विज्ञान प्रतिभा सम्मान कार्यक्रम सम्पन्न। «
» हावाहुरीले बरेङ र कालिगण्डकी गाँउपालिको बिभिन्न ठाँउको मकै वालीमा ठुलो क्षति »