हावाहुरीले बरेङ र कालिगण्डकी गाँउपालिको बिभिन्न ठाँउको मकै वालीमा ठुलो क्षति
दिपेन्द्र परियार । २४ जेठ २०८१ । गए रातिको हावाहुरीले बरेङ र कालिगण्डकी गाँउपालिको बिभिन्न ठाँउमा लगाईएको मकै वालीमा ठुलो क्षति पु¥याएको छ ।
बागलुङको बरेङ गाँउपालिका वडा न १ धुल्लुवास्कोट वडा न २ हुग्दिसिरमा लगाईएको मकैवालीमा राति अन्दाजि १२ बजे तिर आएको भिषण हावाहुरीले धुल्लुवास्कोटको अर्लाङतुङ,हुग्दिसिरको सिग्दी,मा सबै भन्दा वढी क्षति पु¥याएको कृषकहरुले बताएका छन ।
वर्ष पिच्छे किसानलाई कुनै न कुनै प्रकोपले मारमा पारिरहने वताउदै कृषकलाई वाली बिमा गराउन स्थानिय सरकारले प्रोत्साहन गर्नुपर्ने कृषक हिरा बहादुर पुनले बताउनु भयो ।प्राकृतिक विपदबारे कृषकहरु हरेक सिजनमा पिडित हुदै आइरहेको भन्दै बरेङ गाँउपालिकाले कृषकको क्षतिको बिवरण संकलन गरेपनि क्षतिपुर्ति नदिएको उहाँले गुनासो गर्नुभयो ।
बरेङ गाँउपालिका वडा न १ का अध्यक्ष नरसेङ पुनले सम्वन्धित कृषकले जानकारी नगराएपनि हावाहुरी मकैवालीमा क्षति पु¥याएको देखेको भन्दै क्षतिको लागत संकलन गर्ने बताउनु भयो । बिगदमा पनि गाँउपालिकाले कृषकलाई राहत स्वरुप मकैको बिउ उपलब्ध गराउने निर्णय भएको भएपनी किसानले पैशा मागेकोले वजेट अभावका कारण दिन नसकिएको बताउनु भयो ।
त्यस्तै गुल्मीको कालिगण्डकी गाँउपालीकाको धुवाखोलामा लगाईएको मकै हावाहुरीले सोत्तर पारेको छ । दुख गरेर बर्ष भरिका लागी लगाएको मुख्य वाली हावाहुरीले ध्वस्त पारेपछि आफुहरु निरास बनेको धुवाखोलाका कृषक वेग बहादुर घले गुरुङले बताउनुभयो ।
यसपाली मकैको वोट निकै राम्रो भएको र उत्पादन पनि बढ्ने अनुमान कृषकहरुको रहेको भएपनी धानचामल फाल्ने अवस्थामा एक्कासी आएको हावाहुरीले मकैको वोट ढालेर सोत्तर पारेपछि मकैको उत्पादन निकै घटेर जाने धुवाखोलाका कृषक ठग बहादुर पुनले बताउनुभयो ।
गुल्मीको कालीगण्डकी गाँउपालिकाले भने अहिले सम्म क्षति के कति भयो भनेर हेर्न पनि नआएको बताउदै धुवाखोलाका कृषकहरुले कालिगण्डकी गाँउपालिकाको ध्यानाकर्षण गराएका छन ।
कालिगण्डकी गाँउपालिकाका वडा न ७ का वडा अध्यक्ष घनस्याम थापाले आफुहरुलाई अहिले सम्म कसैले पनि यो विषयमा जानकारी नगराएको भन्दै तत्काल प्राविधिक पठाएर क्षतिको विवरण संकलन गर्ने र किसानको राहातका लागी ब्यवस्थापन गर्ने बताउनु भयो ।
« भृकुटी मावि काफलबोटमा नयाँ सुरुवात नयाँ स्वरुपमा विद्यार्थीको जन्मदिन «
» जैमिनि–८ छिस्ति केवैखानीका महिलाहरुलाई सिस्नुु पाउडर बनाउने तालिम प्रदान »