दर्ता. न‌: २४५/०६५/०६६

जैमिनि–८ छिस्ति केवैखानीका महिलाहरुलाई सिस्नुु पाउडर बनाउने तालिम प्रदान

भुमा तारमी ।

२५ जेठ २०८१ ।वित्तिय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाका सहभागी महिलाहरुलाई ५ दिने सिस्नुु पाउडर बनाउने सिप विकास तालिम सम्पन्न भएको छ ।

शुक्रबार बागलुङको जैमिनि नगरपालिका वडा नं. ८ छिस्ति केवैखानीमा तालिम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जैमिनि नगरपालिका वडा नं. ८ का वडाध्यक्ष विमल श्रीस रानाले सहभागी सम्पुर्णलाई यो सिप विकास तालिमबाट आफु आत्मनिर्भर बन्नुका साथै आफ्नो आयआर्जनको माध्यम बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा जैमिनि नगरपालिकाका लघुउद्यम विकास सहजकर्ता मन बहादुर राना,वित्तिय साक्षरता सहजकर्ता सिता अर्याल,तलिमकि प्रशिक्षक सुशिला पुनको आतिथ्यता रहेको थियो ।

कार्यक्रम पुरानो गाउँ महिला उद्यमी समुहकि सदस्य कविता श्रीस राना पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

तालिम २१ गते देखी सञ्चालन भएको थियो । तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको थियो ।

« हावाहुरीले बरेङ र कालिगण्डकी गाँउपालिको बिभिन्न ठाँउको मकै वालीमा ठुलो क्षति «

» बरेङका बेरोजगारहरुलाई उत्पादन मुलक कार्यमा लगाउन सरोकारवालाको सुझाव »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal