दर्ता. न‌: २४५/०६५/०६६

बरेङका बेरोजगारहरुलाई उत्पादन मुलक कार्यमा लगाउन सरोकारवालाको सुझाव

दिपेन्द्र परियार ।

२९ ज्येष्ठ २०८१ ।बरेङ गाँउपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत बेरोजगारहरुलाई उत्पादन मुलक कार्यमा लगाउन सरोकारवालाले सुझाव दिएका छन ।

बरेङ गाँउपालिका रोजगार सेवा केन्द्रले आयोजना गरेको स्थानिय तहमा रोजगारीको अवस्था र आगामी कार्ययोजना छलफल कार्यक्रममा सहभागी वक्ताहरुले प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत बेरोजगारहरुलाई पालिकाले पुर्वाधार निर्माणमा मात्रै नभई उत्पादन मुलक कार्यमा सहभागी गराउन सुझाव दिएका हुन ।

कार्यक्रममा सहभागि भृकुटि माध्यमिक विद्यालयका प्रधानाध्यापक लिलाधर पौडेलले समुदाय सँग साझेदारी गर्दै कार्यक्रम अगाडी बढाउन सुझाव दिनुभयो ।

बरेङमा प्रधानमन्त्री रोजगार कार्यक्रम निकै प्रभावकारी रहेको बताउदै स्थानिय स्तरमा उपलब्ध स्रोत साधनको उपयोग गर्दै सुचिकृत बेरोजगार हरुलाई सिपमुलक कार्यमा जोड्न नेकपा एमाले बरेङका अध्यक्ष झोम बहादुर थापाले सुझाव दिनु भयो ।

राष्ट्रिय जनमोर्चा बरेङका अध्यक्ष पुर्ण बहादुर पुनले प्रधानमन्त्रि रोजगार कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका ब्यक्तिलाई राहात पुगेको भन्दै ठग्ने प्रवृतीको अन्त्य हुनुपर्ने बताउनु भयो ।

कृषक सन्त बहादुर श्रीसले प्रधानमन्त्रि रोजगार कार्यक्रममा सुचिकृत बेरोजगारहरुलाई कृषी क्षेत्रमा परिचालन गर्न सुझाव दिनुभयो ।

कृषक हिरा बहादुर पुनले गाँउपालिकामा सञ्चालन हुने योजनाहरुमा स्थानिय युवाहरुलाई सहभागी गराउन सुझाव दिनुभयो ।

ज्ञानोद्धय आधारभुत बिद्यालयका प्रधानाध्यापक मदनबहादुर कार्कीले प्रधानमन्त्रि रोजगार कार्यक्रमलाई शिक्षा र विकास सँग जोड्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा उठेका विषयवस्तुमाथि बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा ,उपाध्यक्ष दिलिप कुमार पुन ले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रमको बिषयमा बरेङ गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत जित बहादुर रानाले प्रष्टाउनु भएको थियो ।

बरेङ गाउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत हाल सम्म भएका गतिविधिहरुको बारेमा रोजगार शाखा प्रमुख केशवराज क्षेत्रीले जानकारी गराउनु भएको थियो ।

कार्यक्रम बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता तथा रोजगार साखा प्राविधिक कमल आर्चायको सञ्चालनमा सम्पन्न भएको थियो ।

« जैमिनि–८ छिस्ति केवैखानीका महिलाहरुलाई सिस्नुु पाउडर बनाउने तालिम प्रदान «

» बाटाकाचौर स्थित ज्ञानोदय आधारभूत विद्यालयमा छात्रवृत्ति वितरण »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal