दर्ता. न‌: २४५/०६५/०६६

बाटाकाचौर स्थित ज्ञानोदय आधारभूत विद्यालयमा छात्रवृत्ति वितरण

मदन बहादुर कार्कि ।

३० ज्येष्ठ २०८१ ।बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौर स्थित ज्ञानोदय आधारभूत विद्यालयमा शैक्षिक सत्र २०८०/०८१ को महिला तथा दलित छात्रवृत्ति वितरण गरिएको छ।

बुधबार एक कार्यक्रमका बीच शैक्षिक सत्र २०८०/०८१ को महिला तथा दलित छात्रवृत्ति वितरण गरिएको हो ।

विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीलाई नेपाल सरकार बाट प्राप्त हुने रकम बरेङ गाउँपालिकाको निकासा अनुसार बरेङ गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष शेर बहादुर खनालको प्रमुख आतिथ्यतामा वितरण गरिएको थियो।

नेपाल सरकारबाट छात्रवृत्ति प्राप्त गर्न नसकेका विद्यार्थीहरु मध्येबाट छनौट भएका ४१ जना विद्यार्थीलाई ज्ञानोदय छात्रवृत्ति अक्षयकोष अन्तर्गत स्व. दुर्गादत्त काशीका, देवी न्यौपाने स्मृति छात्रवृत्ति अक्षयकोष, स्व. भीम बहादुर बगाले मगर स्मृति छात्रवृत्ति अक्षयकोष, स्व. पूर्ण  खनाल स्मृति छात्रवृत्ति अक्षय कोष बाट नगद रकम वितरण गरिएको छ।

कार्यक्रममा  प्रमुख अतिथि वडा नं ३ का वडाध्यक्ष शेर बहादुर खनालले विद्यालयले गरेका छात्रवृत्ति वितरण सम्बन्धी असल कामहरुको प्रसंसा गर्दै, विद्यालयमा यस शैक्षिक सत्रमा नयाँ भर्ना भएका विद्यार्थी र अभिभावक लाई बधाई तथा धन्यबाद ज्ञापन गर्नुभएको थियो । 

कार्यक्रम माथि प्रकाश तथा स्वागत गर्दै प्रधानाध्यापक मदन बहादुर कार्कीले अक्षयकोष दाता लाई सम्मान पुर्वक बधाई तथा धन्यवाद ज्ञापन गर्दै विद्यार्थीलाई थप हौसला प्रदान गर्न को लागि अक्षयकोष ले महत्वपूर्ण सहयोग पुर्याएकोमा दाताहरुलाई धन्यबाद का साथ विद्यार्थी र अभिभावक लाई छात्रवृति सही काममा सदुपयोग गर्न आग्रह गर्नु भएको थियो।

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक, शिक्षक र विद्यार्थीको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा वडा सदस्य तथा शिक्षक अभिभावक संघ का अध्यक्ष टेक बहादुर थापाको शुभ कामना मन्तब्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिम बहादुर थापाको अध्यक्षता, शिक्षक चन्द्रमणि सुवेदीको सञ्चालन र शिक्षक हरुको व्यवस्थापनमा कार्यकम सम्पन्न भएको हो।

सोही अवसरमा प्रधानाध्यापक मदन बहादुर कार्कीले अभिभावक संग सिकाइ उपलब्धि, आगामी सिकाइ उपलब्धि को तयारी, विद्यार्थीको घरमा बिताउने समय, विद्यालय सुधार योजना मा समेटिनु पर्ने  शैक्षिक बिषयबस्तु , विद्यालयमा संचालित दिवाखाजा व्यवस्थापन का बारेमा संक्षिप्त शैक्षिक अन्तक्रिया गर्नु भएको थियो।

« बरेङका बेरोजगारहरुलाई उत्पादन मुलक कार्यमा लगाउन सरोकारवालाको सुझाव «

» जैमिनीको विजुवा माविले पढाइका अतिरिक्त सिप सिकाउन थाल्यो »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal