जैमिनीको विजुवा माविले पढाइका अतिरिक्त सिप सिकाउन थाल्यो
दिपक शर्मा ।
३० ज्येष्ठ २०८१ ।बागलुङको जैमिनी नगरपालिका–९ पैञ्युँथन्थाप स्थित विजुवा माध्यमिक विद्यालयले पढाइका अतिरिक्त विभिन्न सिप सिकाउन थालेको छ ।
विद्यालयले श्रमप्रति सकारात्मक सोच भएका रोजगार तथा स्वरोजगार उन्मूख, उत्पादनमुखी, उद्ममशिल र सिपयुक्त नागरिक तयार गर्ने उदेश्यले विभिन्न सिपमूलक कार्यक्रम सञ्चालन गर्न थालेको हो ।
जसअनुसार शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत दुना टपरी गाँस्ने कार्यक्रम साथै खाली पिरियडको सदुपयोग गर्दै शिक्षक, स्टाफ र विद्यार्थीको सक्रियतामा गमला निर्माण कार्य सम्पन्न गरिसकेको छ ।
कक्षा ९ को विज्ञान विषयको प्रयोगात्मक कार्य अन्तर्गत आज बुधबार विद्यालयका विज्ञान शिक्षक द्वय प्रतिमा पुन र नविन आचार्यको संयोजकत्व साथै ठूलीदिदी सुस्मिता थापाको सक्रियतामा च्याउको बिउ रोप्ने कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयमा सञ्चालन हुने यस्ता कार्यक्रमले विद्यार्थी स्वावलम्वी, आत्मनिर्भर, लगनशिल, अनुशासित, सिर्जनशिल हुनुको साथै व्यवहारमा कुशल सिपको विकास हुने विद्यालयका शिक्षक दीपक शर्माले बताउनुभयो ।
« बाटाकाचौर स्थित ज्ञानोदय आधारभूत विद्यालयमा छात्रवृत्ति वितरण «