महिला सान्ति र सुरक्षा सम्वन्धी स्थानिय तहको भुमिका बिषयमा अभिमुखि करण कार्यक्रम सम्पन्न
दिपेन्द्र परियार ३२ जेठ २०८१ महिला सान्ति र सुरक्षा सम्वन्धी दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागी स्थानिय तहको भुमिका बिषयमा अभिमुखि करण कार्यक्रम सम्पन्न भएको छ ।
बरेङ गाँउपालिकाको बरेङ बजारको सर्वोदय माध्यमिक बिद्यालयमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् प्रश्ताव न १३ २५ र १८२० दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागी स्थानिय तहको भुमिका बिषयमा गाँउपालिकाका जन प्रतिनिधी,कर्मचारी,बिभिन्न संघ सस्थाका प्रतिनिधी तथा ब्यापारी ब्यवसायीहरुलाई अभिमुखि करण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले महिला सान्ति र सुरक्षा सम्वन्धी स्थानिय तहको भुमिका बिषयमा अभिमुखिकरण गर्नुभएको थियो ।..............
कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले घर देखी कार्यालय सम्म महिला माथि हुने बिभेद र सुरक्षाको बिषयमा भैरहेको निति तथा कार्यक्रमलाई तिनै तहको सरकारले प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनु भएको थियो ।............
बागलुङका प्रहरी उपरिक्षक ऋषिराम कंडेलले देशभर साईबर क्राईमले बढ्दो रुप लिएकोले बालवालिकाहरुलाई साईबर क्राईमको बारेमा सचेत बनाउन आग्रह गर्नुभयो ।............
कार्यक्रम गाउँपालिका उपाध्यक्ष दिलिप कुमार पुनको अध्यक्षता, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जित बहादुर रानाको स्वागत र गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्य प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।