दर्ता. न‌: २४५/०६५/०६६

राङखानीमा बन्चरो प्रहार गरि आमाको हत्या !

५ मार्ग २०७५, देबलधारा । बागलुङको जैमिनि नगर पालिका वडा नं. १० देबलधारामा छोराले बन्चरो प्रहार गरि आफ्नै आमाको हत्या गरेका छन् । स्थानिय रणधोज श्रीसको श्रीमती बर्ष ९१ को हरिकला श्रीसलाई उनकै छोरा बर्ष ५९ का कृष्ण भन्ने कर्ण बहादुर श्रीसले टाउकोमा बन्चरो प्रहार गरि हत्या गरेका हुन् ।

श्रीसले आमाको हत्या गरेपछि घरको ढोकामा चावी लगाई जैमिनि नगर पालिकाको केन्द्र कुश्मीसेरामा रहेको प्रहरी चौकी कुश्मीसेरामा आत्म सर्मपण गर्न पुगेका छन् । थप अनुसन्धानका लागि अहिले ईलाका प्रहरि चौकी बरेङको प्रहरि टोलि घटना स्थलमा पुगि थप प्रकृया अगाडि बढाएको छ ।

केहि बेरमै पोष्टमार्टमका लागि मृतकलाई जिल्ला सदरमुकाम बागलुङ पठाउने तयारी भैरहेको ईलाका प्रहरि कार्यलय बरेङ बाट घटना स्थलमा खटिएका प्रहरि नायब निरिक्षक दान बहादुर केसिले बताएका छन् ।

घटना किन र कसरी घटेको भन्नेबारे थप जानकारिका लागि अनुसन्धान बाँकी रहेको प्रहरि नायब निरिक्षक केसिले बताए ।

 

« जापान गोजुरियो कँराते डो–बरेङ डोजोमा ग्रेड बृद्धि । «

» सूचना प्रबिधि सम्बन्धि २ दिने आधारभुत तालिम । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal