दर्ता. न‌: २४५/०६५/०६६

जैमिनीमा १५ दिने होजियारी सिप विकास तालिम सुरु

भुमा मगर १ असार २०८१ । जैमिनीमा १५ दिने होजियारी सिप विकास तालिम सुरु भएको छ ।

 सिप नभएकाहरुलाई सिपयुक्त बनाई व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउने मुख्य उद्देश्य सहित जैमिनी नगरपालिका वडा न १ कुस्मीसेरामा  आज शनिवार देखी १५ दिने स्वीटर वुन्ने होजीयारी तालिम स्ुरु भएको हो ।

तालिम मार्फत  व्यावसायिक सिपका विषयमा जागरण सिर्जना हुने, समुदाय स्तरमा रोजगारी र उद्यमशीलताका लागि महिलाहरुमा क्षमता विकास हुने अपेक्षा गरिएको छ ।

वडा न १ का वडा अध्यक्ष विष्णु प्रसाद आर्चाय,मनोसामाजिक परामर्सकर्ता सुनीता देवी शर्मा,वितिय साक्षरता सहजकर्ता सीता अर्याल को बिशेष उपश्थिति रहेको थियो । तालिमको यम कुमारी सारुले सहजिकरण गर्ने जैमिनी नगरपालिका लघुउद्यम विकास सहजकर्ता मन बहादुर रानाले बताउनु भयो ।

 कार्यक्रम जैमिनि नगरपालिकाका उप प्रमुख हरिहर शर्माको अध्यक्षता , वडा न १ का वडा अध्यक्ष विष्णु प्रसाद आर्चायको शुभकामना मन्तब्य  तथा लघुउद्यम विकास सहजकर्ता मन बहादुर रानाको सञ्चालनमा सम्पन्न भएको थियो  ।

« महिला सान्ति र सुरक्षा सम्वन्धी स्थानिय तहको भुमिका बिषयमा अभिमुखि करण कार्यक्रम सम्पन्न «

» बरेङका किशोरीहरुलाई आत्मरक्षा संबन्धि तालिम प्रदान »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal