बरेङका किशोरीहरुलाई आत्मरक्षा संबन्धि तालिम प्रदान
भुमा मगर ।
०६ ज्येष्ठ २०८१ ।बरेङ गाउँपािलकाका विद्यालयहरुमा किशोरी सम्मेलन तथा आत्मरक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।
बरेङ गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा आइतबारदेखी कार्यक्रम सुरु भएको थियो ।
आइतबार बरेङ गाउँपालिका वडा नं. १ को धुल्लु लिउवा माध्यमिक विद्यालयका ५७ जना किशोरीहरु तथा सर्वोदय माध्यमिक विद्यालय बरेङबजारमा ३८ जना किशोरीहरुको उपस्थितिमा सम्मेलन गरिएको थियो ।
यस्तै सोमबार बरेङ गाउँपालिका वडा नं. २ को भृकुटि माध्यमिक विद्यालयमा ३६ जना तथा पुरुषोदय माध्यमिक विद्यालयमा ४९ जना किशोरीहरुको उपस्थितिमा गरिएको थियो ।
सम्मेलनको तेस्रो दिन मङ्गलबार वडा नं. ३ को किसिमकोटमा शारदा माध्यमिक विद्यालयमा ५४ जना किशोरीहरुको उपस्थिति रहेको थियो ।
अन्तिम दिन विहिबार बरेङ गाउँपालिका वडा नं. ४को महेन्द्र माध्यमिक विद्यालयमा ४५ जना तथा वडा नंं. ५ को सल्यान सुखौरा माध्यमिक विद्यालयमा ३० जना किशोरीहरुको सहभागितामा सम्मेलन तथा किशोरी सम्मेलन तथा आत्मरक्षा कार्यक्रमको समापन गरिएको बरेङ गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकि फोकल पर्सन सुक्मित घर्ति मगरले जानकारी दिनुभयो ।
कार्यक्रम अवधिभर कराँते महासंघ गण्डकि प्रदेश सदस्य प्रेम थापा र मार्सल आर्ट बिन्दु कुमारी थापाले आत्मरक्षा संबन्धि प्रशिक्षण गर्नुभएको थियो ।भने महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकि फोकल पर्सन सुक्मित घर्ति मगरले कानुनमा व्यवस्था भएका महिला हक अधिकार तथा महिला हिंसा,लैङ्गिक हिंसाका विरुद्ध लड्ने लगायत विषयमा सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रम संबन्धित वडाका वडाध्यक्षको अध्यक्षता, संबन्धित विद्यालयका प्रधानाध्यापकको समन्वय , बरेङ गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक एवम प्रवक्ता तुफान पुनको प्रमुख आतिथ्यता र गाउँपालिकाकि महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकि फोकल पर्सन सुक्मित घर्ति मगरको सहजिकरणमा सम्पन्न भएको थियो ।