बरेङका ७ माध्यमिक बिद्यालयको नतिजा भृकुटी प्रथम, सल्यान सुखौरा निल
दिपेन्द्र परियार १३ असार २०८१। राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज बिहानै सार्वजनिक गरिसकेको छ। यसै बिच बरेङ गाँउपालिकाका कुल ७ माध्यमिक बिद्यालयमध्ये हुग्दिसिरको भृकुटी माध्यमिक बिद्यालयले सबै भन्दा वढी बिद्यार्थि उत्तीर्ण बनाउन सफल भएको छ भने सर्बोदय माध्यमिक बिद्यालयले कुल सहभागी मध्ये ५० प्रतिशत बिद्यार्थी उत्तीर्ण बनाएको छ ।
बिद्यालयले दिएको जानकारी अनुसार भृकुटी माध्यमिक बिद्यालय हुग्दिसिर बाट जम्मा ३० जना सहभागि बिद्यार्थि मध्ये २१ जना बिद्यार्थी उत्तिर्ण भएका छन ति मध्ये ९ जनाले ३ जिपिए भन्दा माथि अङक प्राप्त गरेका छन । त्यस्तै ७ जना बिद्यार्थी पुरक मा परेका छन भने ६ जना लाई १ बिषय लागेको छ । १ जनालाई २ विषय लागेको छ । यो बिद्यालयका बिद्यार्थीलाई सबै भन्दा वढि गणित बिषय लागेको बिद्यालयका शिक्षक सुन्दर श्रेठले जानकारी दिनुभयो ।
त्यस्तै बरेङ बजारमा रहेको सर्बोदय माध्यमिक बिद्यालय ले सहभागि मध्ये ५० प्रतिशत बिद्यार्थि उत्तीर्ण गराउन सफल भएको छ । जम्मा ३२ जना सहभागि मध्ये १६ जना उत्तिर्ण भएका छन भने ३ जिपीए भन्दा माथि ६ जनाले अंक ल्याएका छन । पुरक मा परेका बिद्यार्थि सङख्या १६ रहेको छ ।
१ बिषय लागेका १५ जना छन भने १ जनालाई २ बिषय लागेको छ । यो बिद्यालयमा पनी धेरैलाई गणित बिषय लागेको बिद्यालयका प्रधानाध्यापक चित्र थापाले बताउनुभयो ।
त्यस्तै धुल्लु लिउवा माध्यमिक विद्यालय बरेङ १ बाग्लुङ बाट जम्मा २८ जना बिद्यार्थीले सहभागीता जनाएकामा ११ जना उत्तिर्ण भएका छन । ४ जनाले ३ जिपिए भन्दा माथि अंक प्राप्त गरेका छन । पुरक मा परेका बिद्यार्थि सङख्या १४ रहेको छ ।८ जनालाई १ बिषय लागेको छ ६ जनालाई २ बिषय लागेको छ । यो बिद्यालयका बिद्यार्थीलाई सबै भन्दा वढि गणित बिषय लागेको बिद्यालयका प्रधानाध्यापक फटिक बहादुर थापाले जानकारी दिनुभयो ।
यस्तै हुग्दिसीरको पुरुषोद्धय माध्यमिक बिद्यालय बाट जम्मा २८ जना बिद्यार्थी सहभागी भएकामा ३ जना मात्रै उत्तिर्ण भएका छन । यो मध्ये २ जनाले ३ जिपिए भन्दा माथि अंक प्राप्त गरेका छन । भने २२ जना पुरक मा परेका छन । १४ जनालाई १ विषय लागेको छ भने ८ जनालाई २ विषय लागेको छ । यो बिद्यालयमा पनि सबै भन्दा वढि गणित बिषयनै लागेको बिद्यालयका शिक्षक नाम बहादुर थापाले जानकारी दिनुभयो । ।
त्यस्तै सारदा माध्यमिक बिद्यालय बाटाकाचौर कुल ४६ जना बिद्यार्थी सहभागी भएकामा ५ जना मात्रै उत्तिर्ण भएका छन ।४ जनाले ३ जिपिए भन्दा माथी अंक प्राप्त गरेका छन । ३३ जना बिद्यार्थी पुरकमा परेका छन ।२४ जनालाई १ बिषय लागेको छ भने ९ जनालाई २ बिषय लागेको छ ।
यो बिद्यालयमा पनी सबै भन्दा वढि गणित बिषय लागेको विद्यालयका प्रधानाध्यापक देवीदत्त पौडेलले जानकारी दिनुभयो ।
बरेङ ५ सुखौराको महेन्द्र माध्यमिक बिद्यालय बाट जम्मा २० जना बिद्यार्थी सहभागी भएकामा ६ जना उत्तीर्ण भएका छन ।१ जनाले ३ जिपिए भन्दा माथि अंक प्राप्त गरेका छन । १२ जना विद्यार्थी पुरकमा परेका छन । ११ जनालाई १ बिषय लागेको छ भने १ जनालाई २ बिषय लागेको छ । यो बिद्यालयमा पनी सबै भन्दा वढिलाई गणित बिषय लागेको बिद्यालयका प्रधानाध्यापक रेसम पुनले जानकारी दिनुभयो ।
यसैगरि बरेङ ४ को सल्यान सुखौरा माध्यमिक बिद्यालय सल्यान निल भएको छ
यो बिद्यालयबाट जम्मा ७ जना बिद्यार्थी सहभागि भएकामा कुनै पनी उत्तिर्ण भएनन् ४ जना बिद्यार्थी पुरकमा परेका छन । १ बिषय लागेका २
जना छन भने २ विषय लागेका २ रहेका छन यो बिद्यालयमा सबै भन्दा वढि गणित बिषय लागेको प्रधानाध्यापक जगन्नाथ पौडेलले जानकारी दिनुभयो ।
« बरेङ “घरमा प्रसूति शून्य गाउँपालिका घोषणा “ «
» एसईई जैमिनि ः बिजुवा माबिको नतिजा सतप्रतिसत, ५ बिधालय निल ः कुनको नतिजा कस्तो ? »