महङ्गी, भ्रष्टाचार र संघीयता बिरुद्व राष्ट्रिय जनमोर्चा बागलुङको कोण सभा
दिपेन्द्र परियार १४ असार २०८१ । महङ्गी, भ्रष्टाचार र संघीयता बिरुद्व राष्ट्रिय जनमोर्चा बागलुङले कोण सभा गरेको छ ।
देशमा ब्याप्त महङ्गी, भ्रष्टाचार र संघीयता बिरुद्व बिहिवार राष्ट्रिय जनमोर्चा बागलुङले बागलुङ बजारको लोकतान्त्रिक चोकमा सभा सम्पन्न गरेको हो ।
राष्ट्रिय जनमोर्चा बागलुङ जिल्ला अध्यक्ष तिलक थापाले सभालाई सम्वोधन गर्दै देशमा बढ्दै गइरहेको भ्रष्टाचार, कालाबजारी लुटतन्त्र को मुख्य जड संघियता भएको बताउदै सङ्घीयता देशका लागि महङ्गो सावित भइसकेकाले खारेजीको माग गर्नुभयो ।
देश संघीयताका कारण आर्थिक रुपमा टाँट पल्टेको भन्दै जनताले कर तिरेर मन्त्री र मुख्यमन्त्री पाल्न नसक्ने बताउदै संघीयता खारेज गर्नुपर्नेमा जोड दिनु भयो ।
देशै भर संस्थागत र नितिगत भ्रष्टाचारका कारण आर्थिक रुपमा देश कङ्गाल भएको थापाले बताउनु भयो ।
सभामा राष्ट्रिय जनमोर्चा बागलुङका नेता कार्यकर्ताहरुको बिशेष उपश्थिति रहेको थियो । राष्ट्रिय जनमोचासचिवालय सदस्य थानेश्वर सुवेदी को संचालनमा सभा सम्पन्न भएको राष्ट्रिय जनमोर्चा बागलुङले जनाएको छ ।
» बरेङ पहिरो ः वडा अध्यक्ष घाईते, २ गोठ नष्ट ५ भैसी मरे, सबै वाटो अवरुद्ध »