दर्ता. न‌: २४५/०६५/०६६

बरेङ पहिरो ः वडा अध्यक्ष घाईते, २ गोठ नष्ट ५ भैसी मरे, सबै वाटो अवरुद्ध

दिपेन्द्र परियार १५ असार २०८१ । बरेङको वडा न ५ का वडा अध्यक्ष घाईते भएका छन । सुखौरामा पहिरोका कारण २ गोठमा क्षति भए पछि उद्धारको क्रममा वडा अध्यक्ष अमर सेरपुर्जा घाईते भएका हुन ।घाईते  सेरपुर्जालाई थप उपचारका लागी सान्तीपुर लगिएको जानकारी प्राप्त भएको छ ।

गए राति को पहिरोले सुखौराका सान्तबहादुर पुर्जा र देव बहादुर खत्रीको गोठ पुर्दा ४ वटा भैसी मरेका छन थप क्षतिको बिवरण आउन वाँकी रहेको छ ।

ठाँउ ठाँउमा झरेको पहिरोले सुखौरा जोड्ने सबै सडक पुर्णरुपमा अवरुद्ध भएको छ सम्भव भए सम्म बाटो सञ्चालनको प्रयास भैरहेको बरेङ गाँउपालिकाका प्रवक्ता तुफान पुनले जानकारी दिनुभयो ।

वडा न २ हुग्दिसिरको हुग्दिखोलाले खोलाकिनारका खेत कटान गरेर ठुलो क्षति पुराएको छ । भर्खरै मात्र धान रोपेको खेत खोलाले बगाए पछि कृषक हरु मारमा परेका छन ।

त्यस्तै बरेङ बाग्लुङ सडक अवरुद्ध भएको छ । गएरातीको बर्षाका कारण बरेङ गाँउपालिका १ लिउवाको गहते भन्ने स्थानमा सडक माथीवाट झरेको पहिरोले वाटो बाटो बन्द भएको हो ।३ दिन ठुलो वर्षा हुने मौसमविदले बताएको भन्दै तत्काल कुनै पनि सडक सञ्चालन नहुने बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनुभयो । आफ्नो ठाँउमा सर्तक रहन सबै नागरिकलाई अनुरोध गर्दै घटना भैहालेमा तुरुन्तै उद्धार कार्यमा जुट्न सबैलाई उहाँले अनुरोध गर्नुभयो ।

« महङ्गी, भ्रष्टाचार र संघीयता बिरुद्व राष्ट्रिय जनमोर्चा बागलुङको कोण सभा «

» सर्वोदय क्याम्पस द्वारा विभिन्न शिर्षकमा छात्रवृति वितरण कार्यक्रम सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal