सर्वोदय क्याम्पस द्वारा विभिन्न शिर्षकमा छात्रवृति वितरण कार्यक्रम सम्पन्न
भुमा मगर ।
असार १९ २०८१ ।बागलुङको बरेङ गाउँपालिका–२ बरेङ बजार स्थित सर्वोदय क्याम्पसले बिभिन्न शिर्षकमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम अन्र्तगत विश्व विद्यालय अनुदान आयोगबाट प्राप्त हुने छात्रवृत्तिमा सपना घर्ति मगर,प्रेरणा खत्री,मन्जु राना,सुनिमा छन्त्याल, कला शर्मा र सम्झना आचार्य छनौट भएका छन् ।
नन्दलाल कलावति प्रतिष्ठान अक्षयकोष छात्रवृत्ति वितरण कार्यक्रमबाट भानु प्रिया ढकालले १६ हजार, सिजन थापा र अनुष्का विकले १२÷१२ हजार रुपैया छात्रवृत्ति प्राप्त गरेको क्याम्पस प्रमुख फुलकुमारी शर्माले जानकारी दिनुभयो ।
यस्तै, बरेङ गाउँपालिकाको छात्रवृत्ति अन्र्तगत निरु क्षेत्री, सोभा दर्जी,मन्जु पौडेल, सन्जु थापा, चन्द्रा शर्मा, सविना विक, किरण परियार, आयुषा बस्याल, गोमा शर्मा, लक्ष्मी रुचाल, गीता परियार, रिता थापा, दिपा गुरुङ, टिका पुन, मनिसा पौडेल र कमला पौडेल, नरमाया नेपाली खगि थापा छनौट भई प्रति व्यक्ती रु ३ हजार पाँच सयका दरले छात्रवृति प्राप्त गरेका छन् ।
त्यसै गरि चुराधन अक्ष्यकोष मार्फत पनि छात्रवृति वितरण गरिएको छ जस अन्र्तगत दुर्गा सलामी ,रिमा थापा र खगी थापाले प्रति व्यक्ति रु ३ हजार ५ सय का दरले छात्रवृति प्राप्त गरेका छन् ।
बरेङ गाउँपालिका वडा नं. १ का वडाध्यक्ष नरसेङ पुनको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको क्याम्पस प्रमुख फुलकुमारी शर्माले प्रकाश पार्नु भएको थियो ।
क्याम्पस सञ्चालक समिति सदस्य लोक बहादुर क्षेत्री,आंसिक प्रध्यापक रुपनारायण शर्मा, नन्दलाल कलावती प्रतिष्ठानका प्रतिनिधि प्रेम बहादुर शर्मा,क्याम्पसका आंशिक प्रध्यापक तथा सर्वोदय माविका प्रधानाध्याक चित्र थापा,भृकुटि माविका प्रधानाध्यापक लिलाधर पौडेलको आतिथ्यता रहेको कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष केहर सिँह पुनको अध्यक्षता,आंसिक प्रध्यापक रुपनारायण शर्माको स्वागत र प्रध्यापक नाम बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
« बरेङ पहिरो ः वडा अध्यक्ष घाईते, २ गोठ नष्ट ५ भैसी मरे, सबै वाटो अवरुद्ध «
» भृकुटी मा.वि वाट एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित »