भृकुटी मा.वि वाट एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित
सुन्दर श्रेठ
२१ असार २०८१ भृकुटी माध्यमिक विद्यालय बरेङ गाउँपालिका–२ काफलबोट बागलुङमा विविध कार्यक्रम सम्पन्न गरिएको छ ।
शुक्रबार पहिलो सत्रमा माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८० मा उत्कृष्ट नतिजा प्राप्त गरी विद्यालयलाई पालिकामै उत्कृष्ट सामुदायिक विद्यालय बनाउन सफल विद्यार्थी अभिभावकहरूलाई सम्मान गर्दै सम्मान पत्र प्रदान गरिनुका साथै विषय शिक्षकहरूलाई समेत सम्मान पत्रका साथ विद्यालय र विद्यालय व्यवस्थापन समितिको तर्फबाट सम्मान गरिएको छ।
कार्यक्रमको दोस्रो सत्रमा शैक्षिकसत्र २०८१ को प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण गरिएको थियो।
त्यस्तै तेस्रो सत्रमा माध्यमिक शिक्षा परीक्षा (एसइइ) र कक्षा १२ को वार्षिक परीक्षा पछि खाली समयको सदुपयोग गर्दै सञ्चालन गरिएको आधारभूत कम्प्युटर तालिममा सहभागी विद्यार्थीहरूलाई उत्कृष्ट प्रस्तुतिका आधारमा निर्मित प्रमाणपत्र औपचारिक कार्यक्रमकाबीच प्रदान गरिएको विद्यालयले जानकारी दिएको छ ।
यसका साथै आज नै विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण एवम् फूल रोपण कार्यक्रम समेत आयोजना गरिएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष साथै पदाधिकारीहरू, शिक्षक अभिभावक संघका अध्यक्ष तथा पदाधिकारीहरू, विद्यालयका प्रधानाध्यापकसँगै शिक्षक कर्मचारीहरू, वडा नं–२ का वडाध्यक्ष र सदस्यको विशेष आतिथ्यता रहेको थियो भने विद्यार्थी, अभिभावकहरुको उल्लेख्य सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो।
« सर्वोदय क्याम्पस द्वारा विभिन्न शिर्षकमा छात्रवृति वितरण कार्यक्रम सम्पन्न «
» कालीगण्डकी करिडोरको गुल्मी खण्ड पहिरोका कारण अवरुद्ध,अत्यावश्यक बाहेकका यात्रा नगर्न आग्रह, »