दर्ता. न‌: २४५/०६५/०६६

कालीगण्डकी करिडोरको गुल्मी खण्ड पहिरोका कारण अवरुद्ध,अत्यावश्यक बाहेकका यात्रा नगर्न आग्रह,

भुमा मगर ।

२१ असार २०८१ ।कालीगण्डकी करिडोरको गुल्मी खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । 

केही दिनदेखि निरन्तर परेको अविरल वर्षाका कारण करिडोरको विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो ।

सडक खण्डका विभिन्न स्थानहरुमा पहिरो खसेर सडक अवरुद्ध भएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेद बहादुर थापाले रेडियो विहानीलाई जानकारी दिनुभयो ।

सडक खण्डको बरल्वा, कनौटा,मुल्क लगायतका स्थानमा सडक माथिबाट पहिरो खसेका कारण सडक अवरुद्ध भएको उहाँको भनाइ छ । निरन्तर रुपमा पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको अध्यक्ष थापाले बताउनुभयो । 

उँहाले वर्षात नरोकिँदासम्म बाटो खुलाउन सम्भव नभएको बताउँदै निरन्तर पानी परिरहेकाले अत्यावश्यक बाहेकका यात्रा नगर्न आग्रह गर्नुभएको छ ।  

« भृकुटी मा.वि वाट एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित «

» बरेङमा सार्बजनिक सुनुवाई, प्रशासकिय भवन निर्माणमा जग्गा बिवाद बाधक ः अध्यक्ष शर्मा »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal